back
NMB ad

नेशनल माइक्रोफाइनान्सको ८० प्रतिशत लाभांश पारित

Kumari bank ad

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारणसभाले ७५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कूल ८० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।

आइतबार धादिङमा सम्पन्न वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभाले बोनस सेयर जारीपश्चात् कायम हुन आउने जारी चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् २ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

संस्थाले २०७६ मङ्सिरसम्ममा देशको सातवटै प्रदेश हिमाल, पहाड र तराईमा गरी ४३ वटा जिल्लामा ६५ वटा शाखा कार्यालयमार्फत् ८२ हजारभन्दा बढी विपन्न परिवारलाई सेवा र्पुयाएको छ। यस अवधिमा संस्थाले ५५ हजारभन्दा बढी सदस्यहरूलाई विभिन्न परियोजना सञ्चालन गर्नका लागि ४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले ग्राहक सदस्यहरूबाट कूल बचत १ अर्ब ४४ करोड सङ्कलन गर्न सफल भएको जानकारी गराए ।

संस्थाले आगामी दिनमा विशेषगरी क्रेडिट प्लस गतिविधिमा केन्द्रित गरी सदस्यहरूको व्यावसायिक विकासलगायत प्रविधिको उच्चतम प्रयोग गरी अगाडि बढ्ने योजना रहेको उनले बताए ।

कार्यक्रममा संस्थापक सेयरधनी योगेन्द्र संग्रौला, संस्थापक सञ्चालक डा.रमा बश्याल गौतम, संस्थापक सेयरधनी माधवप्रसाद घिमिरे र संस्थागत संस्थापक सेयरधनी मुकुन्द श्रेष्ठले अध्यक्षको प्रतिवेदनमाथि मन्तव्य, सुझाव तथा उत्तरोतर प्रगतिको कामनासहितको मन्तव्य राखेका थिए ।

२०७६ मंसिर ३० गते प्रकाशित

वि.सं.२०७६ मंसिर ३० सोमवार १२:४५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...