काठमाडौं । एनआइसी एशिया बैंकले अर्घाखाँचीका बुद्धिराम भुसाललाई बीमा रकम वापतको चेक हस्तान्तरण गरेको छ ।
चमत्कारिक बचत (डाइमण्ड) खातावाल अर्घा गाविस निवासी भुसाललाई क्यान्सर रोग लागेको थियो । निज खातावालका छोरा मनोज भुसाललाई बैंकको केन्द्रीय कार्यालय थापाथलीमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले हस्तान्तरण गरे ।
बैंकले १८ प्रकारका घातक रोग लागेमा ग्राहकलाई १५ लाख बीमा रकम प्रदान गर्ने सुविधा ल्याएको छ । एनआइसी एशिया बैंकले ३११ शाखा कार्यालय, ४०४ एटिएम, ९५ वटा एक्स्टेन्सन काउन्टर एवं ४४ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
२०७६ पुस ०२ गते प्रकाशित
वि.सं.२०७६ पुस २ बुधवार १०:५० मा प्रकाशित