back
NMB ad

दिन प्रतिदिन घट्दै सेयर बजार, यस्तो छ कारण !

Kumari bank ad

काठमाडौं । निरन्तरको सेयर बजार गिरावटले लगानीकर्तामा निराशा छाएको छ । आज सेयर किने पछि भोलिदेखि फेरि घट्छ कि भन्ने प्रश्न लगानी गर्नुपूर्व नै उठ्छ ।

२ वैशाख २०७६ मा ११ सय ८८ दशमलव ७१ को बिन्दुबाट सुरु भएको सेयर बजार वर्षको सुरुवातमा लगानीकर्तामा थोरै उत्साह थप्दै एक महिनाकै अवधिमा १३ सयको बिन्दु पार गर्दै २ जेठमा यो वर्षकै उच्च बिन्दु १३ सय १८ को बिन्दु पार गरेको देखिन्छ । त्यसयता बजार निरन्तर ओरालो लागेको छ । आखिर किन घट्दै छ सेयर बजार ?

२०७३ साउनको दोस्रो साता १८ सय ८१ बिन्दुमा पुगेको नेप्से परिसूचक बुधबार (पुस २ मा २०७६) ११ सय ५२ को बिन्दुमा आइपुगेको छ । २०७३ साउनमा भन्दा सूचीकृत कम्पनीको अवस्था निकै बलियो छ । कुनै पनि सूचक कमजोर भएकै छैन । तर, पनि किन घटिरहेको छ सेयर बजार ?

सेयर लगानी कर्ता दिलिप मुनाकर्मी भन्छन्, ‘लगानीकर्ताको मनोविज्ञानले बजार घटाएको छ ।’ सरकार नियामक निकाय अथवा अरूले आएर सेयर किन्ने होइन, लगानीकर्ताले नै खरिद गर्ने हो । यसअघिको साइकलमा पनि ३ वर्ष लगातार सेयर घटेपछि बढेको हो ।

अहिले पनि तीन वर्षको साइकल अन्त्य भएको छ । अबको बजारमा लगानीकर्ताको मनाविज्ञानले प्रभाव पार्ने हो । अहिले पनि ठूलो मात्रामा आईपीओ आउन बाँकी नै छ । ठूला ठूला कम्पनीले अर्बौंको आईपीओ निष्कासन गर्ने घोषणा नै गरिसकेका छन् ।

लगानीयोग्य रकम अभाव : चन्द्रमणि अधिकारी (अर्थविद)

सेयर बजारमा लगानीयोग्य रकम अभाव नै प्रमुख कारण हो । लगानीकर्तासँग बचत छ कि छैन, त्यो मुख्य विषय हो । बचतबाटै लगानी गर्ने अवस्था सिर्जना हुन्छ ।

दोस्रो कुरा बैंक तथा वित्तीय संस्थाको ब्याजदर हो । अहिले सेयर बजारमा लगानीकर्ताले रिटर्न पाउनुको साटो गुमाइरहेको अवस्था छ ।

यसरी लगानी गर्दा कहिले कम वा कहिले बढी प्रतिफल पाउनु त नियम नै हो तर यहाँ रिटर्न आउँदैन, गुमाउने खतरा बढी छ । बरु बैंकमा बचत गर्दा सुरक्षित पनि छ र सेयर बजारभन्दा बढी प्रतिफल पनि पाइने अवस्था छ ।

त्यसकारण, लगानीकर्ताले अहिले सेयर बजारलाई दोस्रो प्राथमिकतामा राखेर बैंकलाई पहिलो प्राथमिकतामा राखेका छन् । बजारमा सेयरको चाप बढेको बढ्यै छ ।

बढी प्रतिफल पाइन्छ भनेर एफपीओमा लगानी गरेका लगानीकर्ताले मूल्य समायोजन पछि आधाभन्दा बढी मूल्य घटेकाले घाटा बेहोरेका छन् । यसले समेत लगानीकर्तालाई दबाब परेको देखिन्छ । साथै हाइड्रोपावर कम्पनीको अवस्था हिजोको जस्तो छैन ।

अन्तर्रा्ष्ट्रिय बजारबाट लगानीकर्ता भित्यारउन नसक्नु, लगानीकर्ताको मनोबल खस्किनु, बैंकले मार्जिन लेन्डिङमा गरेको कडाइ, ब्रोकरहरू बिस्तारै देशव्यापी रूपमा फैलिए पनि दोस्रो बजारको कारोबार राजधानी केन्द्रित हुनु नै सेयर बजार घट्नुको प्रमुख कारण हो ।

लगानीकर्ताको मनोविज्ञानको प्रभाव :

यर बजार घट्यो भन्दैमा सेबोनले रेगुलेट गरेन भन्न मिल्दैन । बजार घटबढ हुनुमा लगानीकर्ताको मनोविज्ञानले प्रभाव पार्छ । हामीले त बजारका अनियमिततालाई हटाउने र नियमन गर्ने हो, जुन हामीले सक्रियताका साथ गर्दै आएका छौं ।

सेयर बजारको इतिहास हेर्ने हो भने ११ सय ७५ को बिन्दुबाट २ सय ५२ को बिन्दुमा पुगेको रेकर्ड पनि छ । पुनः २ सय ५२ को बिन्दुबाट बढेर १८ सय ८१ को बिन्दुलाई छोएको रेकर्ड पनि छ ।

हामीले बजार विकासकै लागि मार्जिन कारोबार, रियल सेक्टरलाई ल्याउने, लाइसेन्स दिएरै इन्भेस्टर एडभाइजरीको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउनेलगायतका विषयमा काम गर्दै आएका छौ ।धेरै काम यसअघि नै गरिसकेका छौं ।

अहिलेको मुख्य चुनौती भनेको राजधानीबाहिरका लगानीकर्तामा वित्तीय साक्षरता बढाउनु हो । यसका लागि हामीले विभिन्न वित्त कम्पनी र स्थानीय तहसँग समन्वय गरेर अघि बढ्दै छौं ।(राजधानी दैनिकबाट)

२०७६ पुस ०३ गते प्रकाशित

वि.सं.२०७६ पुस ३ बिहीवार ०९:२६ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...