back
NMB ad

पुस ९ गते सार्वजनिक विदा दिन माग !

Kumari bank ad

काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले यही पौष ९ गते (डिसेम्बर २५) का दिन ख्रीष्टमसको सार्वजनिक विदा दिन माग गरेको छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर महासंघले यस्तो माग गरेको हो । महासंघले अघि सारेका मागहरुमा ख्रीष्टियन समूदायको महान पर्व ख्रीष्टमसका दिन अर्थात् पुष ९ गते (डिसेम्बर २५) का दिनलाई तत्काल सार्वजनिक विदा कायम गर्नुपर्ने, नेपाल सरकारसँग भएका ६ बुँदे सहमतिहरुलाई तत्काल कार्यान्वयन गरी राष्ट्रिय ख्रीष्टियन आयोग गठन तथा नेपाली ख्रीष्टियन चर्चहरुको सम्पत्ति तथा दायित्वहरु व्यवस्थित् गर्नका लागि नीतिगत व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

नेपाल सरकारसँग भएको ६ बुँदे सहमति अनुसार नेपाली ख्रीष्टियन समूदायको लागि तत्काल समाधिस्थलको व्यवस्था गर्नुपर्ने र गत भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याएको मुलुकी ऐन–२०७४, मुलुकी अपराध (संहिता) ऐनका परिच्छेद ९ को १५७ र १५८ मर्म्विपरित भएका प्रावधानहरुलाई तत्काल संशोधन गर्नुपर्ने रहेका छन् ।

महासंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘स्वाभिमान र अधिकारसम्पन्न नेपाली ख्रीष्टियन समूदायको सुनिश्चितताको लागि धार्मिक, सामाजिक, आर्थिक, समावेशी र समृद्ध नेपालको परिकल्पना गर्दै विश्वभरि रहेका नेपाली भाषी मण्डलीहरुसँग सहकार्य गर्दै परमेश्वरको महिमाको निम्ती राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपाल निरन्तर रुपमा क्रियाशिल रहेको अवगत गर्दै प्रतिबद्ध रहेको कुरा जानकारी गराउँदछौं ।’

महासंघकाअनुसार नेपालमा करिब १२ हजार ५०० भन्दा बढि चर्च (मण्डली) हरु रहेका छन् । महासंघले भनेको छ,‘३० लाखको संख्यामा नेपाली ख्रीष्टियनहरु रहेको हाम्रो देश नेपालमा वि.सं. २०६४ देखि २०७२ सालसम्म निरन्तर रुपमा ख्रीष्टियनहरु महान पर्व ख्रीष्टमसको अवसरमा नेपाल सरकारले सार्वजनिक विदा दिँदै आएको र वि.सं. २०७३ सालमा काटिएको विदालाई पूनः सार्वजनिक विदा कायम गरेको थियो ।’

कार्यक्रममा महासंघका अध्यक्ष सि.बी. गहतराजले सर्वोच्च अदालतले पनि ख्रीष्टमसको दिन दिईँदै आएको सार्वजनिक विदालाई कटौती नगर्न आदेश दिएको सुनाउँदै भने,‘सरकारले पनि हामीसँग यो अवसरमा विदा दिने भनेर सार्वजनिक रुपमै सहमति गरिसकेको अवस्था छ । तर, अहिलेसम्म उक्त सहमति कार्यान्वयन भएको छैन् ।’

उनले सार्वजनिक विदासम्बन्धी बनेको पूनरावलोकन समितिले पनि १३ वटा सार्वजनिक विदाभित्र ख्रीष्टमसलाई पनि समावेश गरिएको उनले सुनाए ।

उनले ख्रीष्टमस संसारमै सबैभन्दा बढि मनाईने उत्सव भएको हुनाले नेपालमा पनि यो पर्व मनाउनेको संख्या लाखौंमा रहेको स्पष्ट पारे । उनले नेपाल सरकार, मानवअधिकारकर्मी, राजनीतिक दल, कुटनीतिक नियोग, पत्रकार र आम नागरिकलाई आफूहरुको माग सम्बोधन गराउनको लागि आ–आफ्नो ठाउँबाट सहयोग गरिदिन पनि आग्रह गरेका छन् ।

कार्यक्रममा महासंघका प्रवक्ता उद्धवप्रसाद चिमोरियाले विज्ञप्ती वाचन गरेका थिए । कार्यक्रममा महासंघका बरिष्ठ सह–अध्यक्ष डा. फिलेमन क्षेत्री, उपाध्यक्ष बाबुराम हिङमाङ, सचिव प्रेम बहादुर कार्की, विभागीय प्रमुखहरु करण सिलवाल र मुकेश मोक्तानको पनि सहभागिता रहेको थियो ।

२०७६ पुस ०४ गते प्रकाशित

 

वि.सं.२०७६ पुस ४ शुक्रवार १४:१४ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...