back
NMB ad

यसकारण अघि बढेन हिमालयन बैंकको मर्जर प्रक्रिया !

Kumari bank ad

काठमाडौं । हिमालयन बैंकले हबिव बैंकबाट कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन (सीडीसी ग्रुप) लाई संस्थापक सेयर हस्तान्तरण गरेपछि मर्जर प्रक्रिया अघि बढाउने भएको छ ।

हविव बाहिरिने र सीडीसी भित्रिने भएकाले तत्कालका लागि हिमालयनले मर्जर प्रक्रिया अघि नबढाएको हो । सेयर स्वामित्व हस्तान्तरण नहुन्जेलसम्मका लागि मर्जर प्रक्रिया रोक्न नेपाल राष्ट्र बैंकले हिमालयनलाई स्वीकृति दिएको छ ।

वार्षिक साधारणसभापछि स्वामित्व हस्तान्तरण र त्यसपछि मर्जरको प्रक्रिया अघि बढ्ने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोकशम्शेर राणाले बताए ।

नेपाल राष्ट्र बैंकबाट लाभांश स्वीकृत हुनसाथ वार्षिक साधारणसभा बोलाउने र साधारणसभापछि पाकिस्तानको हविवबाट वेलायतको सीडीसीमा संस्थापक सेयर हस्तान्तरणको प्रक्रिया सुरु हुने उनले स्पष्टपारे । प्रक्रिया पुरा गर्दा अहिले स्वामित्व हस्तान्तरण हुन ४ महिना लाग्न सक्ने उनले जानकारी दिए ।

विभिन्न बैंकसंग मर्जरका लागि छलफल भएपनि प्रक्रिया अघि नबढेको बैकले जनाएको छ । हिमालयनले गत आर्थिक वर्षमा गरेको नाफाबाट १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

वि.सं.२०७६ पुस ५ शनिवार ०९:१६ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...