back
NMB ad

हिमालयन डिष्टिलरीकाे १७१% लाभांश दिने निर्णय पारित

Kumari bank ad

काठमाडौं । हिमालयन डिष्टिलरीले लगानीकर्तालाई १७१ प्रतिशत लाभांश दिने निर्णय पारित गरेको छ । कम्पनीको उन्नाइसौं वार्षिक साधारण सभाले नगद ५२.६३ प्रतिशत र ५० प्रतिशत वोनस शेयर गरी १०२.६३ प्रतिशत लाभांश दिने निर्णय पारित गरेको छ ।

त्यो बाहेक संचित मुनाफाबाट समेत कम्पनीले सेयरधनीलाई अन्तरिम लाभांशको घोषणा गरेको छ । अन्तरिम लाभांसको रुपमाप्रति शेयर ६८.४२ रुपैयाँ वितरण वितरण हुने कम्पनीले जनाएको छ ।

१९ वर्ष अगाडि स्थापना भएको डिष्टिलरीमा ५० वर्षको व्लेण्डिङ्ग दक्षतामा पारिवारिक विरासत कायम छ। यसको लोकप्रिय उत्पादन गोल्डेन ओक हो ।

हिमालयन डिष्टिलरी लिमिटेडले कारखानामा प्रत्यक्ष रुपमा ३०० भन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको जनाएको छ ।हिमालयन डिष्टिलरीले आ.व. २०७५।०७६ मा अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतको वृद्धि सहित ६ अर्ब ४४ करोड ११ लाखको संचालन आम्दानी गरेको छ।

यो कम्पनीलाई व्यवस्थापन गर्ने जावलाखेल ग्रुप अफ ईण्डष्ट्रिजका कार्यकारी निर्देशक शसिन जोशीले सरकारलाई उच्चतम् राजश्व योगदान गर्ने उत्पादन मूलक उद्योगमध्ये एक भएको बताए ।

जस अनुसार यस उद्योगले गत आवमा अन्तः शुल्क, मूल्य अभिबृद्धि कर, आयकर, भन्सार शुल्क र पारिश्रमिक कर समेत गरी ४ अर्ब ३८ करोड ८० लाख राजश्व दाखिला गरेको छ ।

२०७६ पुस ०६ गते प्रकाशित

वि.सं.२०७६ पुस ६ आइतवार १६:४४ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...