back
NMB ad

राष्ट्रिय योजना आयोगद्धारा आठ योजनालाई १८ करोड बजेट थप

Kumari bank ad

काठमाडौं । नेपाल सरकार राष्ट्रिय योजना आयोगले तनहुँ जिल्लालाई आर्थिक वर्ष २०७६/७७ का लागि १८ करोड ६१ लाख बजेट थप गरेको छ ।

समपूरक र विशेष अनुदानवापत विभिन्न आठ योजना सञ्चालन गर्ने गरी आयोगले उक्त बजेट थप गरेको हो ।आयोगले स्थानीय तह र प्रदेश तहबाट कार्यान्वयन हुने गरी विभिन्न योजनालाई बजेट थप गरेको जनाएको छ । जसअनुसार तनहुँ निर्वाचन क्षेत्र नं १ र २ मा चार/चार आयोजनालाई बजेट थप भएको छ ।

तनहुँ निर्वाचन क्षेत्र नं १ मा स्थानीय तहबाट कार्यान्वयन हुने गरी व्यास नगरपालिका–११ स्थित खड्ककाली मोटरमार्गका लागि दुई करोड, भानु नगरपालिकास्थित भानु बहुउद्देश्यीय भवनका लागि एक करोड ३३ लाख बजेट विनियोजन गरिएको छ ।

प्रदेश तहबाट कार्यान्वयन हुने गरी आबुखैरेनी छिम्केश्वरी सडकका लागि रु छ करोड ९८ लाख र शालिग्राम करिडोर (बैडी, घिरिङ, देवघाट खण्ड) का लागि पाँच करोड ५२ लाख बजेट विनियोजन गरिएको आयोगले जनाएको छ ।

गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेको शालिग्राम करिडोरको देवघाट खण्डमा हालै मात्र ट्रयाक खुलिसकेको छ। करिडोरको देवघाट गाउँपालिका अन्तर्गत बञ्चरेभिरको पहाड काट्न देवघाट गाउँपालिकाले दुई करोड, प्रदेश सरकारले दुई करोड र सङ्घीय सांसदले रु ७० लाख बजेट विनियोजन गरेका थिए ।

देवघाट गाउँपालिका(१ मा करिडोरको सबैभन्दा जटिल भाग रहेको बञ्चरेभिरमा ट्र्याक खुलेसँगै गाउँपालिकाका पर्ने ४० किमी खण्डसडक सञ्जालसँग जोडिएको छ।

तनहुँ निर्वाचन क्षेत्र नं २ मा स्थानीय तहबाट कार्यान्वयन हुने गरी कृषि, भूमिसुधार तथा वन क्षेत्रअन्तर्गत शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा कृषिउपज सङ्कलन तथा वितरण केन्द्र निर्माणका लागि ८३ लाख, पूर्वाधार क्षेत्रअन्तर्गत भिमाद नगरपालिकास्थित भिसी नेत्रबहादुर मोटरमार्गका लागि ४० लाख, म्याग्दे गाउँपालिकास्थित बडहरे माछापुच्छ्रे भैंसीखर्क चार हजार बाँध मोटरमार्गका लागि ४० लाख र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रअन्तर्गत घिरिङ गाउँपालिकास्थित वडा कार्यालयको प्रशासनिक भवन निर्माणका लागि एक करोड १५ लाख रुपैयाँ विनियोजन भएको छ ।

तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठले योजना आयोगले जिल्लाका महत्वपूर्ण योजनालाई बजेट थप गरेकामा खुशी व्यक्त गरे ।

२०७६ पुस १० गते प्रकाशित

वि.सं.२०७६ पुस १० बिहीवार १५:४९ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...