back
NMB ad

विवाह दर्ता र गर्भ जाँच गराउनेलाई बधाई एवं शुभकामना कार्ड

Kumari bank ad

काठमाण्डौं । इटहरी उपमहानगरले पहिलो पटक गर्भ जाँच गराउन आउने प्रत्येक महिलालाई शुभकामना तथा वधाई कार्ड दिनेभएको छ । ‘तपाई गर्भवती हुनुभएको वधाई तथा शुभकामना’ लेखिएको कार्ड दिने भएको हो । कार्डको पछाडी पट्टि भने गर्भवति अवस्थामा के के गर्नुपर्छ र के के सावधानी अपनाउनुपर्छ भन्ने जानकारी उल्लेख गरिएको हुने छ ।

यसैगरि विवाह दर्ता गर्न आउने प्रत्येक दम्पतिलाई समेत दाम्पत्य जीवनको शुभकामना उल्लेखित कार्ड दिइने छ ।कार्डको पछाडी भने सन्तानको चाहना राख्दा अपनाउनुपर्ने सावधानी र अपाङ्गताहुन नदिन के गर्नुपर्छ भन्ने जानकारी लेखिएको हुने छ ।

इटहरीमा माघ १ गते देखि सुरु हुन लागेको तीन बर्षे अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम अन्र्तगत कार्ड दिइने भएको हो ।

यो कार्यक्रम अन्र्तगत इटहरीका सवै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई एक एक वटा मोवाइल प्रदान गरिने छ । उनीहरुले प्रत्येक गर्भवतिको अनलाइन दर्ता गराउने छन । सिस्टमलेनै गर्भ जाँच गराउने जानकारी दिने छ र महिला स्वयंसेविकाहरुले जाँच गराउन उत्प्रेरित गर्ने छन । गर्भअवस्थादेखिनै अपाङ्गताहुन रोक्न यस्तो अभियान सुरु गरिएको हो । सुत्केरी पछि ५४ घण्टा,तीन दिन र सात दिन भित्र सुत्केरी महिलाको वोक्न मिल्ने अल्ट्रासाउण्ड मेसिन सहितका सहजकर्ताहरुले घरमै पुगेर स्वास्थ्य जाँच गर्ने छन । सामाजिक विकास मन्त्रालय,इटहरी उपमहानगर र करुण फाउण्डेसनको त्रिपक्षीय लगानीमा सो कार्यक्रम संचालन हुने छ । कार्यक्रम अन्र्तगत अपाङ्गता हुनै नदिन रोकथामका कार्यक्रम, अपाङ्गता भएकाहरुलाई पूर्नस्थापना र सहयोग तथा क्षमता अभिवृद्धि गरि आत्मनिर्भर वनाउने कार्यक्रमहरु संचालन गरिने छ ।

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र करुणा फाउण्डेसनका सहनिर्देशक योगेन्द्र गिरीले चार करोड ३६ लाख १४ हजार ७० रुपियाँको सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

 

करुणा फाउण्डेसनका वरिष्ठ कार्यक्रम ब्यवस्थापक कमल कोइरालाका अनुसार इटहरीका सवै अपाङ्गताभएकाहरुले तथ्यांक संकलन गरि प्रोफाइल तयार गरिने छ । उनीहरु के चाहन्छन लक्ष्य निर्धारण गरि सोही अनुरुपको क्षमता अभिवृद्धिका तालिमहरु संचालन गरिने छ । सवै टोलमा अपाङ्गताभएकाहरुको समूह,वडा र पालिका स्तरीय समिति गठन गरिने छ । समिति मार्फत क्षमता गरि विभिन्न संघ सस्था,सहकारीको नेतृत्वमा पुग्न अभिप्रेरित गरिने छ ।

२०७६ पुस १४ गते प्रकाशित

वि.सं.२०७६ पुस १४ सोमवार ११:१३ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...