back
NMB ad

साताको पहिलो दिन सेयर बजारमा हरियाली, ७१ करोडको कारोबार

Kumari bank ad

काठमाडौं । साताको पहिलो दिन आईतबार सेयर बजार १६ अंकले बढेको छ । सेयर बजार बढेर नेप्से परिसुचक १ हजार १८२ अंकमा पुगेको छ ।

आइतबार ७१ करोड २४ लाख रुपैयाँ बराबरको २० लाख ८२ हजार ८७४ कित्ता सेयर किनबेच भएको छ । आइतबार सेयर बजारमा हरियाली छाएको छ ।

शिवम सिमेन्ट लिमिटेडको सबैभन्दा बढी सेयर किनबेच भएको छ । शिवमको प्रतिकित्ता ४९० रुपैयाँमा ५ करोड ६२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

एनआईसी एसिया बैंकको प्रतिकित्ता ४२७ रुपैयाँमा ४ करोड ३४ लाख र ग्रामिण लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता ३५६ रुपैयाँमा ४ करोड २१ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

आइतबार बैंक तथा वित्तीय संस्था,जलविद्युत,बीमा, होटल र व्यापार सबै क्षेत्रको सेयर मूल्य बढेको छ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल ग्रामीया लघुवित्तका लगानीकर्ताले कमाएका छन ।

२०७६ पुस २० गते प्रकाशित

वि.सं.२०७६ पुस २० आइतवार १५:२३ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...