back
NMB ad

एनएमबि, नेपाल इन्भेष्टमेन्ट र कृषि बैंकका सिइओले बुझे तलवभत्ता, कसको कति ?

Kumari bank ad

काठमाडौं । अबको एक साताभित्र तीन वाणिज्य बैंकले साधारणसभा गर्दैछन्। एनएमबि, नेपाल इन्भेष्टमेन्ट र कृषि विकास बैंकले साधारणसभा गर्न लागेका हुन ।

यी तीनै बैंकले आफ्ना लगानीकर्ताका लागि आकर्षक लाभांश घोषणा गरिसकेका छन्। राम्रो लाभांश दिने तयारीमा रहेका यी बैंकका प्रमुख कार्यकारीको तलब सुविधा कति हुने रहेछ ?

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले वार्षिक कुल एक करोड ६६ लाख ८८ हजार ८ सय ६९ रूपैयाँ तलब भत्तालगायत पाएका छन्। केसीले तलब मात्र ५९ लाख ४ हजार बुझेका छन्। उनले सञ्चय कोष बापत ५ लाख ९० हजार ४ सय रूपैयाँ पाएका छन ।

केसीले भत्ता वापत ५२ लाख ४८ हजार रूपैयाँ बुझेका छन् भने बोनस तथा वेल्फेयर वापत ४७ लाख ३७ हजार ६ सय ९ रूपैयाँ पाएका छन् । अन्य सुविधा वापत २ लाख ८ हजार ८ सय ६० रूपैयाँ बुझेका छन्।

बैंकले ११ अर्ब ५२ करोड चुक्ता पुँजीको १४ प्रतिशत हुन आउने एक अर्ब ६१ करोड ४१ लाख रूपैयाँ नगद लाभांश वितरण गर्दैछ भने २१ प्रतिशत हुन आउने २ अर्ब ४२ करोड १२ लाख रूपैयाँ बोनस सेयर दिने भएको छ ।

बैंकले २४ औं वार्षिक साधारणसभा आगामी पुस २४ गते गर्ने भएको छ । सभामा निर्वाचन र सञ्चालक समितिले यसअघि घोषणा गरेको ३५ प्रतिशत लाभांश पेश गरिने छ ।

गत वर्षको नाफाबाट १४ प्रतिशत नगद लाभांश र जगेडा कोषबाट २१ प्रतिशत बोनस सेयर पारित हुने बैंकले जनाएको छ । २१ प्रतिशत बोनस सेयर पारित भएसँगै बैंकको चुक्ता पुँजी १३ अर्ब ९५ करोड रूपैयाँ पुग्ने छ ।

गत आर्थिक वर्षमा बैंकले २ अर्ब २५ करोड रूपैयाँ खुद नाफा आर्जन गरेको थियो। बैंकले नगद र बोनस सेयरसहित ४ अर्ब ३ करोड रूपैयाँ लाभांश वितरण गर्नेछ। जगेडा कोषबाट बोनस शेयर दिएर बैंकले पुँजी बढाउने योजना बनाएको हो ।

यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले वार्षिक ३ करोड ६ लाख रूपैयाँ तलब सुविधा बुझेका छन । उनले तलबवापत एक करोड ६० लाख ७६ हजार रूपैयाँ बुझेका हुन ।

भत्ता वापत १ करोड ७ लाख १७ हजार, दसैंभत्ता २२ लाख ३३ हजार, सञ्चय कोष सुविधा १६ लाख ८ हजार रूपैयाँ बुझेका हुन्। अन्य कार्यकारी पदाधिकारीरब्यवस्थापकले २० करोड रूपैयाँ बुझेका छन्। कार्यकारी ब्यवस्थापकको संख्या १ सय ६ जना छ।

बैंकले चुक्ता पुँजीको साढे १० प्रतिशत बोनस सेयर र साढे ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। उपयुक्त संस्था भेटिए गाभ्ने प्रस्ताव पनि साधारणसभामा लैजाँदै छ।

बैंकको हालको चुक्ता पुँजी १२ अर्ब ८६ करोड रूपैयाँ छ। बोनस सेयरपछि बैंकको पुँजी १४ अर्ब २२ करोड रूपैयाँ कायम हुनेछ। बैंकले विगतका वर्षहरूमा नगदभन्दा बोनस सेयरलाई प्राथमिकता दिँदै आएको छ। जसले गर्दा बैंकको पुँजी अन्य वाणिज्य बैंकहरुको भन्दा धेरै छ।

गत आर्थिक वर्षमा इन्भेष्टमेन्ट बैंकले तीन अर्ब ४१ करोड रूपैयाँ नाफा गरेको थियो। जसमा लाभांश बाँड्न योग्य नाफा भने एक अर्ब ३९ करोड रूपैयाँ मात्रै थियो। अहिले घोषणा गरिएको दुई अर्ब ४४ करोड रुपैयाँ लाभांश पनि जगेडा कोषबाट वितरण गर्नु पर्ने हुन्छ।

यसैगरी कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृतले वार्षिक ३९ लाख १६ हजार तलब सुविधा बुझेका छन्। बैंकको प्रमुख कार्यकारीका रुपमा अनिलकुमार उपाध्यायले काम गरिरहेका छन।

उनले मासिक २ लाख ५० हजारका दरले तलब लिएका छन्। यसबाहेक २ लाख ५० हजार दसैं भत्ता र सञ्चय कोषमा एक महिनाको तलब थप बुझेका छन्। यसबाहेक औषधि उपचार सुविधावापत ५० दिनको तलब अर्थात ४ लाख १६ हजार रुपैयाँ पनि बुझेका छन्।

बैंकका सेयरधनीले गत वर्षसम्म पारित लाभांशमध्ये ७१ करोड ७० लाख रूपैयाँ अझै लगेका छैनन्। बैंकले यसपाली ६ वर्ष यताकै अधिकतम लाभांश घोषणा गरेको छ। बैंकले चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र २४ प्रतिशत नगद लाभांश दिने भएको हो।

यसका साथै नेपाल सरकारको अग्राधिकार सेयरको लागि पनि ६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो। बैंकले वितरणयोग्य संचित मुनाफाबाट बोनस सेयर र गत वर्षको नाफाबाट नगद लाभांश दिने भएको छ।

बैंकको हालको चुक्ता पुँजी ९ अर्ब १५ करोड रूपैयाँ छ। यसको ६ प्रतिशत बोनस सेयर प्रदान गरेपछि साधारण सेयर पुँजी ९ अर्ब ५५ करोड रूपैयाँ कायम हुनेछ। नेपाल सरकारको फिर्ता नहुने अग्राधिकार सेयरका लागि भने ६ प्रतिशतका दरले यो वर्ष ३२ करोड ५९ लाख रूपैयाँ नगद प्रदान गर्नेछ। बोनस सेयर वितरणपछि नेपाल सरकारको अग्राधिकार सेयरसहित चुक्ता पुँजी १४ अर्ब ९८ करोड रूपैयाँ पुग्नेछ।

बैंकले गत वर्ष ४ अर्ब ३५ करोड रूपैयाँ नाफा आर्जन गरेको थियो। बोनस सेयर, नगद लाभांश र अग्राधिकार सेयरका लागि समेत गरेर बैंकले यस वर्ष ३ अर्ब ३ करोड रूपैयाँ लाभांश वितरण गर्ने भएको हो। यही वित्तीय विवरणअनुसार जगेडा कोषमा १० अर्ब ४० करोड रूपैयाँ छ। (विजमाण्डूबाट)

२०७६ पुस २१ गते प्रकाशित

वि.सं.२०७६ पुस २१ सोमवार १४:५३ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...