back
NMB ad

धितोपत्र बोर्डको अध्यक्षमा ढुंगाना नियुक्त

Kumari bank ad

काठमाडौं। सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगानालाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले आगामी चार बर्षका लागि ढुंगानालाई नियुक्त गरेको हो।

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट केही समयअघि अवकाश भएका ढुंगाना अहिले बोर्डको विज्ञ सञ्चालक छन्। उनलाई अध्यक्ष बनाउनकै लागि बोर्डको सञ्चालक नियुक्त गरिएको थियो।

केही दिनअघि नै अर्थमन्त्रालयले ढुंगानासहित अन्य दुई जनाको नाम प्रधानमन्त्री कार्यालयमा पठाएको थियो। ढुंगानाले नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय विभागमा निक्कै लामो समय काम गरेका थिए।

ढुंगाना राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन्। ढुंगानालाई नियुक्त नगर्ने पक्षमा अर्थमन्त्री डा. युवराज खतिवडा थिए। तर शितल निवासको दबाबमा पूँजी बजारको नियामक प्रमुखको जिम्मेवारी दिन खतिवडा बाध्य भएका हुन्।

विदेशी विनिमयका कतिपय महत्वपूर्ण निर्दे्शिकाहरु ढुंगानाकै पहलमा तयार भएका हुन्। उनको पहलमा पहिलो पटक हेजिङ फण्डको नियमावली मस्यौदा भएर सरकारले पारित गरेको थियो।

प्रत्यक्ष वैदेशिक लगानीलाई भित्र्याउन नीतिगत सहजीकरण गर्नु पर्छ भन्ने मान्यता राख्ने ढुंगानाले पूँजी बजार सुधारका क्रममा बाँकी रहेका अवरोधहरुलाई हटाउने बताए।

२०७६ पुस २१ गते प्रकाशित

वि.सं.२०७६ पुस २१ सोमवार २०:५२ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...