काठमाडौं । ग्लोबल आईएमई बैंक र जनता बैंक मर्जरपछिको शेयर सुचिकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
यी दुई कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएपछि मर्जर पछिको शेयर सुचिकरण हुने ग्लोबल आईएमई क्यापिटलले बताएको छ ।
यस वर्ष शेयरधनीलाई ग्लोबल आईएमई बैंकले १२ दशमलव ७५ प्रतिशत बोनस शेयर र जनता बैंक नेपालले ६ प्रतिशत बोनस शेयर दिएको छ ।
ग्लोबल आईएमई बैंक र जनता बैंक नेपाल मर्जरपछि ग्लोबल आईएमई बैंकको नामबाट गत मंसिर २० गतेदेखि एकीकृत कारोबार भएको थियो । दुई बैंकले मंसिर २ गते वार्षिक साधारण सम्पन्न गरिसकेका छन् ।
दुई बैंक मर्जरपछि जनता बैंकको १०० कित्ता बराबर ग्लोबल आईएमई बैंकको ८५ कित्ता (१ ०.८५) स्वाप रेशियो कायम गरिएको थियो ।
२०७६ पुस २२ गते प्रकाशित
वि.सं.२०७६ पुस २२ मंगलवार १४:२१ मा प्रकाशित