back
NMB ad

उत्पादनका साधनहरुमाथि सबैको पहुँच समान हुनुपर्छ: अर्थमन्त्री

Kumari bank ad

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले समावेशी आर्थिक विकासका लागि उत्पादनका साधनहरुमाथि सबैको पहुँच समान हुनुपर्ने बताएका छन् ।

भूमी, पूँजी र प्रविधिको वितरणमा समान पहुँच नभए मुलुकमा आर्थिक विकास सम्भव नभएको र त्यसका लागि संघीयता कार्यान्यवनमा आएको स्पस्ट पारेका हुन् ।

मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजना गरेको ‘समावेशी विकास र समृद्ध नेपाल’ कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले संघीय संरचनाको माध्यमबाट समावेशी विकासको परिकल्पना गरिएकाले वित्तीय समावेसीकरणमा सरकारले ध्यान दिएको बताए ।

उनले गाउँगाउँमा समतामूलक विकासका लागि स्थानीय तहले बजेट विनियोजन गर्ने र समान रुपले विकास हुने बताए । त्यसका लागि सरकारले उत्पादनका साधान र श्रोतको समान वितरणमा जोड दिएको बताए ।

आर्थिक विकास समावेशी हुनका लागि आर्थिक वृद्धि समावेशी हुनुपर्ने र आर्थिक वृद्धि समावेशी बनाउनका लागि उत्पादनका साधनमाथि समावेशी पहुँचको सुनिश्चितता हुनुपर्नेमा मन्त्री खतिवडाको जोड थियो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद डा.स्वर्णीम वाग्लेले समावेशी आर्थिक विकासका लागि विदेशी सहयोगहरु बाधक बन्न सक्ने बताए ।

उनले नेपालको राजनीतिक क्षेत्रसँगसँगै आर्थिक, मौद्रिक तथा जलवायु लगायतको विकासमा पनि विदेशी मुलुकसँग समन्वयन गर्नुपर्ने अवस्था रहेको बताउँदै उत्पादनका साधनमाथि हस्तक्षेप भइरहेको तर्फ संकेत गरे ।

नेपालको मौद्रीक प्रणाली पनि आयातीत रहेको र यसले आर्थिक विकासमा बाधा पु¥याएको उनको भनाई थियो । अर्थ्विद् वाग्लेले यस्ता विषयको प्रयोग उचित तरिकाले हुन नसके समावेशी आर्थिक विकासमा धक्का दिन सक्ने बताए ।

कार्यक्रममा ‘नेपाल २०३०ः लक्ष्य, प्रवृत्ति, साधन र जोखिम’, ‘समावेशी विकास र समृद्धि, राज्यको नीति, संकलप र वर्तमान अवस्था’ र ‘महिला र समावेशी विकास’ लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरएको थियो ।

२०७६ पुस २२ गते प्रकाशित

वि.सं.२०७६ पुस २२ मंगलवार १५:५२ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...