back
NMB ad

एनएमबि बैंकका सिइओले बुझे डेढ करोड तलबभत्ता, अन्यको कति ?

Kumari bank ad

काठमाडौं । यस वर्षकै उत्कृष्ट लाभांश वितरण गर्न लागेको एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले गत आर्थिक वर्षमा बैंकबाट १ करोड ६६ लाख ८८ हजार ८६९ रुपैयाँ तलबरभत्ता वापत बुझेका छन् ।

बैंकले लगानीकर्तालाई ३५ प्रतिशत नगद लाभांश दिन लागेको छ । जसमा लगानीकर्तालाई २१ प्रतिशत बोनस सेयर तथा १४ प्रतिशत नगद लाभांश रहेको छ ।

एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई एक्वाएर गरेपछि वित्तीय सूचक बलियो बनाएको छ । एनएमबि बैंकले प्रमुख कार्यकारी अधिकृतलाई गत आर्थिक वर्षमा तलब वापत ५९ लाख ४ हजार रुपैयाँ दिएको छ ।

यस्तै ५ लाख ९० हजार रुपैयाँ संचय कोष अन्तर्गत दिएको छ । ५२ लाख ४८ हजार रुपैयाँ केसीले बैंकबाट भत्ता वापत बुझेका छन।

४७ लाख ३७ हजार रुपैयाँ बैंकले बोनस तथा वेलफेयर फण्ड अन्तर्गत दिएको छ । २ लाख ८ हजार रुपैयाँ अन्य भत्ता वापत बुझेका छन् । बैंकले दिएको तलब भत्तामा भने केसीले कर कटाएपछि मात्र प्राप्त गर्ने गर्छन।

बैंकले गतवर्ष कर्मचारीको तलबको लागि १ अर्ब ६ करोड रुपैयाँ खर्च गरेको थियो । यो बोनस बाहेकको रकम हो । ओमलाई मर्ज गरेपछि एनएमबि बैंकमा कर्मचारीको संख्या १५२३ जना कर्मचारी कार्यरत छन।

२०७६ पुस २४ गते प्रकाशित

वि.सं.२०७६ पुस २४ बिहीवार ११:३१ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...