back
NMB ad

कर्जामा राष्ट्रबैैककाे कडाइसँगै गाडीको बिक्री घट्यो

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा र हायर पर्चेज कर्जामा कडाइ गरेसँगै गाडीहरुको बिक्री घटेको छ । राष्ट्र बैंकले पुसको पहिलो साता ऋणीले लिने कर्जाको भुक्तानी कर तिरेको आम्दानीको ५० प्रतिशतभन्दा बढी नहुनेगरी व्यवस्था गर्न बैंकहरुलाई निर्देशन दिएपछि त्यसको असर सवारीसाधन क्षेत्रमा देखिएको हो ।

पछिल्लो केहीदिन यता सवारीसाधनको बिक्री २० प्रतिशतले घटेको नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो । उहाँले पछिल्लो समय नाडा अटो शोमा बुकिङ भएका सवारी साधन डेलिभरी गर्नसमेत नसकिएको बताउनुभयो ।

नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनले अटोमोबाइल क्षेत्रमा सुस्तता आएको बताउँदै उहाँले भन्नुभयो, ‘गाडी छन, ग्राहक पनि छन् तर बीचमा मध्यस्थता गर्ने बैंकहरुले कर्जा नदिँदा समस्या आएको छ ।’

नेपाल राष्ट्र बैंकले भने ऋण लिएपछि तिर्ने क्षमतामा सुनिश्चितता कायम गर्न यस्तो नीति लागू गरेको जनाएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले हायर पर्चेज, घरजग्गा लगायतका क्षेत्रमा दिइने कर्जामा आफ्नो कर चुक्ता भएको आम्दानीको ५० प्रतिशतबाट किस्ता तिर्न भ्याउनेगरी कर्जा प्रवाह गर्ने व्यवस्था गरिएको र यसले कर्जा लिने व्यक्तिले भविष्यमा तिर्न नसक्ने अवस्थाको अन्त्य हुने बताउनुभयो ।

उहाँले यो नियमले गाडी व्यवसायमा सुरुमा समस्या देखिए पनि भविष्यमा राम्रै फाइदा र्पुयाउने बताउँदैअर्थतन्त्रमा स्थिति बसाल्न र संस्थागत सुधार गर्न खोज्दा सुरुसुरुमा समस्या आउने तर पछि समान्य हुने भएकाले यसले दीर्घकालमा कुनै असर नगर्ने बताउनुभयो ।

व्यवसायीहरुले चालु आर्थिक वर्षमा गाडीको बिक्री घटेको र राष्ट्र बैंकले पछिल्लो समय लागू गरेको व्यवस्थाका कारण अझै व्यापार घट्ने बताएका छन् । यसले समग्र अर्थतन्त्रमा असर पार्ने नाडाका अध्यक्ष दुलालले बताउनुभयो ।

२०७६ पुस २४ गते प्रकाशित

वि.सं.२०७६ पुस २४ बिहीवार १४:०२ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...