back
NMB ad

आईपीओ निष्कासन अनुमतिको पर्खाइमा यी कम्पनी, कुन कम्पनीको कति आउँदै ?

Kumari bank ad

काठमाडौ । नेपाल धितोपत्र बोर्डमा ४ अर्ब भन्दा बढीको साधारण सेयर (आईपीओ) निष्कासन अनुमतिको पर्खाइमा रहेको छ । अनुमति माग गर्नेमा दोस्रो बजारमा कम चासो भएको जलविद्युत् क्षेत्रका कम्पनी रहेका छन।

बोर्डमा १४ वटा कम्पनीले आवेदन दिएका छन् । यी मध्ये नौवटा जलविद्युत कम्पनी रहेका छन । बोर्डले ४ अर्ब ४० करोड ६५ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको ४ करोड ४० लाख ६५ हजार ५ सय ९६ कित्ता सेयर निष्कासनका लागि अनुमति दिने तयारी गरेको छ । यसमा नौवटा हाइड्रोपावर कम्पनी, तीनवटा अन्य क्षेत्रका, एक मर्चेन्ट बैंक र एक इन्स्योरेन्स कम्पनी रहेका छन् ।

राज्यका लागि महत्वपूर्ण क्षेत्र मानिएको जलविद्युत्मा हाल लगानीकर्ताको विश्वास घटेको सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए ।

उनले भने ‘प्रवद्र्धकले आयोजना बनाउँदा १५÷१६ करोडमा बनाउने भन्दै पीपीए गर्छन, आयोजना बनाउँदासम्म २५ देखि ३० करोड प्रतिमेगावाट लागत लगाउँछन् । आम्दानी वार्षिक प्रतिमेगावाट ३ करोड हाराहारीमा हुन्छ ।

आम्दानी नै नहँुदा लामो समयसम्म लगानीकर्ताले लभांश नपाउने भएकै कारण जलविद्युत् कम्पनीप्रति लगानीकर्ताको विश्वास घट्दै गएको छ ।’ अर्कोतर्फ हाल कारोबार भइरहेकै जलविद्युतकम्पनीमा लगानीकर्ताको चासो नदेखिएका बेला अब आउने आईपीओमा लगानीकर्ताको खासै उत्साह नरहने अर्याल बताउँछन् ।

सेयरको कारोबार हुने दोस्रो बजारमा जलविद्युत् क्षेत्रका अधिकांश कम्पनीको सेयर मूल्य अंकित मूल्यभन्दा तल रहेको बेला
नौवटा जलविद्युत् कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गरेका हुन् । दोस्रो बजारमै अंकित मूल्य (१००) भन्दा कममा सेयर पाइरहेको अवस्थामा अब जारी गरिने जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको उत्साह बढ्ला भन्नेमा भने आशंका गर्न थलिएको छ । गत बिहीबारसम्मको कारोबार हेर्ने हो भने नेप्सेमा सूचीकृत भएका ३२ वटा कम्पनीमध्ये १६ वटा कम्पनीको सेयर मूल्य सय रुपैयाँभन्दा तल रहेको छ ।

बोर्डमा हिमालयन हाइड्रोपावरको २२ लाख ५० हजार कित्ता, शुभम् पावरको ५ लाख ८० हजार ५८० कित्ता, तेह्रथुम पावरको १२ लाख कित्ता, मैलुङखोला जलविद्युत्को ७ लाख ३६ हजार २८६ कित्ता, माउन्टेन इनर्जी नेपालको ३९ लाख ३६ हजार ५४ कित्ता, ग्रिनलाइफ हाइड्रोपावरको ३४ लाख ९६ हजार ४ सय कित्ता, सिँगटी हाइड्रोपावरको ४३ लाख ५० हजार कित्ता, लिबर्टी इनर्जीको ३७ लाख ५० हजार कित्ता, युनाइटेड आईडी मार्दी एन्ड आरबी हाइड्रोपावरको १० लाख ५० हजार कित्ता सेयर निष्कासनका लागि आवेदन दिइएको छ ।

त्यस्तैै इनर्जी नेपालको लिमिटेडको ५ लाख कित्ता, नेपाल रिइन्स्योरेन्सको १ करोड ६० लाख कित्ता, सीईबीडी हाइड्रो डेभलपमेन्टको २५ लाख १८ हजार २३० कित्ता, एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको ३३ लाख ९८ हजार ४६ कित्ता र सिभिल क्यापिटलको ३ लाख कित्ता सेयर निष्कासनका लागि अनुमति माग गरिएको हो ।

यता, दोस्रो बजारमा १६ वटा कम्पनीको सेयर सय रुपैयाँभन्दा कम रहेको छ । जसमध्ये गत बिहीबारसम्ममा आँखुखोलाको ५७ रुपैयाँ, अरुण भ्यालीको ९१ रुपैयाँ, बरुण हाइड्रोपावरको ८८ रुपैयाँ, छ्याङ्दीको ८६ रुपैयाँ, दिव्यश्वरीको ५८ रुपैयाँ, घलेम्दीको ६३ रुपैयाँ, जोशीको ६८ रुपैयाँ, कालिकाको ८४ रुपैयाँ, खानीखोलाको ५२ रुपैयाँ रहेको छ ।

त्यस्तै, माउन्टेनको ९३ रुपैयाँ, नेसनलको ५१ रुपैयाँ, पञ्चकन्याको ८५ रुपैयाँ, रैराङको ९७ रुपैयाँ, रिडीको ७२ रुपैयाँ, युनियनको ५८ रुपैयाँ र युनिर्भसलको ७४ रुपैयाँ सेयर मूल्य कायम भएको छ ।

यी सबै कम्पनी हाइड्रोपावर क्षेत्रकै कम्पनी भएकै कारणसमेत अब आउने जलविद्युत् कम्पनीमा लगानीकर्ताको चासो नदेखिने अनुमान लगानीकर्ताले गर्न थालेका छन् ।

२०७६ पुस २७ गते प्रकाशित

वि.सं.२०७६ पुस २७ आइतवार ११:२० मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...