back
NMB ad

नागवेली लघुवित्त मर्जरमा जाने, साधारण सभा माघ २६ गते, बोनस र हकप्रदको प्रस्ताव

Kumari bank ad

काठमाडौं । नागवेली लघुवित्त वित्तीय संस्थाको दशौं वार्षिक साधारण सभा माघ २६ गते हुने भएको छ । सभा सिटी पार्टी प्यालेस, बिर्तामोड, झापामा बिहान १०.३० मा शुरु हुने भएको छ ।

कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।  साधारण सभाको प्रस्तावमा २६ प्रतिशत बोनस शेयर र १ दशमलव ३६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्न स्वीकृत प्रदान गर्ने, बोनस वितरण पश्चात कायम हुने चुक्तपूँजीको ४ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने रहेको छ ।

कम्पनीको अन्य प्रस्तावमा संस्थापक समूहको शेयर स्वामित्व ५१ प्रतिशत कायम गर्ने गरी संस्थापक समूहको १० प्रतिशत शेयर सर्वसाधारण समूहमा रुपान्तरण गर्ने प्रस्ताव पारित गर्ने, यस कम्पनीसँग अन्य उपयुक्त ‘घ’ वर्गका वित्तीय संस्थाहरुसँग एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण प्रक्रियाहरु पूरा गर्न गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने रहेको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका माघ १३ गते (एक दिन) बन्द रहनेछ । माघ १२ गतेसम्म शेयर कायम भएका शेयरधनीहरु मात्र साधारण सभा प्रयोजनका लागि योग्य हुनेछन् ।

२०७६ पुस २९ गते प्रकाशित

वि.सं.२०७६ पुस २९ मंगलवार ०९:४४ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...