back
NMB ad

बागलुङ नगरभित्र उद्योग खोल्नेलाई ५ वर्षसम्म ५० प्रतिशत कर छुट

Kumari bank ad

बागलुङ । बागलुङ नगरपालिकाले नगरभित्र सेवा मुलक एवं उत्पादनमुलक उद्योग व्यवसाय संचालन गर्न चाहेमा ५ वर्षसम्म नगरपालिकाको वार्षिक करमा ५० प्रतिशत कर छुट दिने निर्णय गरेको छ ।

नगरपालिकाको सोमवार सम्पन्न छैटौं नगरसभाले नगरपालिका भित्र संचालनमा आउने उद्योगहरुको भवनमा लाग्ने स्थानीय नक्सापास दस्तुर पुरै छुट दिने र उद्योग स्थापना र संचालन भएको मितिदेखि ५ वर्षसम्म नगरपालिकाको नियमानुसार लाग्ने वार्षिक करमा ५० प्रतिशत छुट र उद्योग संचालन स्थानमा सडक, विद्युत् र खानेपानीको सुविधा र्पुयाउने निर्णय गरेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।

नगरसभाले उक्त सेवा पाउनको लागि होटल तथा उद्योगहरुले २० जना भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष स्थानीय रोजगारी सिर्जना गर्नुपर्ने बताएको छ ।

नगरसभाले वडा नम्बर ६ सिमदेखि वडा नम्बर ७ कालिमाटी पैरावारीसम्मको सडक स्तरोन्नतीका लागि चालू आर्थिक वर्ष २०७६र ०७७ मा गण्डकी प्रदेशको रू.७५ लाखलाई कुल बजेट बनाएर रू.१ अर्व ३ करोड ३२ लाख ५४ हजार १५४ कायम गरेर काम अगाडी बढाउने निर्णय गरेको नगरप्रमुख पौडेलले बताए ।

२०७६ पुस २९ गते प्रकाशित

वि.सं.२०७६ पुस २९ मंगलवार ११:०२ मा प्रकाशित

You can share this post!

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३७

दमौली : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र...

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३०

काठमाडौँ, १६ वैशाख: मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...