back
NMB ad

कृषि बैंक ठगी प्रकरणः अवकास प्राप्त सहायक रथीसहित ८ विरुद्ध मुद्दा दायर

Kumari bank ad

काठमाडौं । कृषि विकास बैंक, न्यूरोड शाखा कार्यालयमा ४ करोड भन्दा बढी रकम हिनामिना गरिएको प्रकरणमा ८ जना विरुद्ध मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकका टेलर सहायक दिपिका रेग्मी, तत्कालीन शाखा प्रबन्धक प्रेमहरी ढुंगेल, ऋण शाखा प्रमुख गोपाल गिरी, तत्कालीन ऋण अधिकृत अवकाश प्राप्त सलिल रेग्मी, ऋण शाखा प्रमुख महेश्वर मरहट्ठा, तारानाथ पाण्डे, अवकास प्राप्त सहायक रथी रमेशराज बिष्ट र दुर्गा ज्वेलरीका संचालक प्रकाश घतानीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले उनीहरुले आपसी मिलेमतामा गैर कानुनी रुपमा बैंकबाट चार करोड, २४ लाख, १३ हजार, ६ सय १५ रुपैयाँ ४५ पैसा झिकेर हिनामिना गरेको जनाएको छ ।

राष्ट्र बैंकको निर्दे्शिका विपरित मिलेमतोमा चेक क्लियरिङको काम गरी प्राप्त रकम भागबण्डा गरिएको अख्तियारको ठहर छ । सो प्रकरणमा बैंककी टेलर दिपीका लगायतलाई अख्तयारको टोलीले मंसिर १७ गते पक्राउ गरेको थियो ।

२०७६ पुस २९ गते प्रकाशित

वि.सं.२०७६ पुस २९ मंगलवार १७:०८ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...