काठमाडौं । नेपाल टेलिकमले सेयरधनीलाई नगद लाभांश खातामा पठाइदिने प्रक्रिया अघि बढाएको छ । साधारण सभा सम्पन्न भए लगत्तै टेलिकमले बुधबार (माघ १ गते) बाट सेयरधनीलाई ४५ प्रतिशत नगद लाभांश बैंक खातामा पठाउन सुरु गरेको हो ।
टेलिकमले पुस १४ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिन सुरु गरेको हो ।
उक्त मितिपछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको रहेको कम्पनीको भनाई छ । कम्पनीको मंगलबार सम्पन्न वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को नाफबाट ४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
वि.सं.२०७६ माघ २ बिहीवार ०९:२१ मा प्रकाशित