back
NMB ad

२५ करोडभन्दा बढी पुनर्कर्जामा सञ्चालक समितिको निर्णय अनिवार्य

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि जारी गर्दै २५ करोड रुपैयाँभन्दा धेरैको पुनर्कर्जा बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिलिे निर्णय गर्नु पर्ने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले पहिलो पटक पुनर्कर्जा कार्यविधि जारी गर्दै पुनर्कर्जा समय समयमा सरकार र राष्ट्र बैंकले तोके बमोजिम विभिन्न शीर्षकमा वर्गीकरण हुने छ र ब्याजदर राष्ट्र बैंकले नै तोक्ने व्यवस्था गरेको हो ।

पुनर्कर्जामा कर्जामा लगानी अनुपात न्यूनतम ८०ः२० प्रतिशत हुनु पर्छ । राष्ट्र बैंकले यहि माघ १ गतेदेखि लागू हुनेगरी ल्याएको पुनर्कर्जा कार्यविधिमा पुनर्कर्जाको वर्गिकरण, ब्याजदर, पुनर्कर्जा कोषको सीमा, अवधि तोकिने लगायतका व्यवस्था गरिएको छ ।

पुनर्कर्जाको अवधिमा बढीमा एक बर्ष हुने कार्य्विधिमा उल्लेख छ । ऋणीको असल कर्जाको धितोमा प्रदान हुने पुनर्कर्जाको उच्चतम सीमा ५० करोड कायम गरिएको छ । तर, सहवित्तीयकरण कर्जाको हकमा यो सीमा लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।

असल कर्जाको धितोमा मात्र पुनर्कर्जा पाइने व्यवस्था कार्यविधिमा गरिएको छ । तर, असल नै भएपनि अधिविकर्ष, हायर पर्चेज तथा अन्य चालू पुँजी प्रकृतिका कर्जाको धितोमा साधारण पुनर्कर्जा प्रदान गर्न पाइँदैन ।

इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको प्राथमिक पूँजीको अधिकतम २५ प्रतिशतसम्म मात्र पुनर्कर्जा प्रदान गरिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

पुनर्कर्जा सुविधा प्राप्त गरिरहेका इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले पुनर्कर्जाको मासिक विवरण महिना समाप्त भएको मितिले १५ दिनभित्र यस बैंकको सम्बन्धित सुपरिवेक्षण विभागमा पेश गर्नु पर्ने व्यवस्था गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाले जरिवाना तिरेको मितिले ६ महिनासम्म पुनर्कर्जाको लागि आवेदन दिन योग्य हुनेछैनन् । झुठ्ठा विवरण पेश गरी पुनर्कर्जा माग गरेमा/प्राप्त गरेमा त्यस्तो पुनर्कर्जा प्राप्त गर्ने इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको पुनर्कर्जा माग गर्ने अधिकारीलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिमको कारवाही गरिने कार्यविधिमा उल्लेख छ ।

२०७६ माघ ०२ गते प्रकाशित

वि.सं.२०७६ माघ २ बिहीवार १३:०८ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...