back
NMB ad

एक हुँदै यी तीन वित्तीय संस्था, मर्जरपछि एफपीओ

Kumari bank ad

काठमाडौं । दुई लघुवित्तलाई मर्जर गरेको एक वर्ष पनि नवित्दै सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको एनआरएन लघुवित्त वित्तीय संस्थाले अर्को मर्जर सम्झौता गरेको छ ।

सुदुरपश्चिमको कैलालीमा केन्द्रीय कार्यालय रहेको एनआरएन लघुवित्तले कैलालीमै केन्द्रीय कार्यलय रहेको किसान लघुवित्त र काभ्रेको नमोबुद्ध नगरपालिकामा केन्द्रीय कार्यलय रहेको दिब्य लघुवित्तसँग मर्जर गर्ने सम्झौता गरेको हो ।

उक्त सम्झौतामा किसान माइक्रोफाइनान्स तर्फबाट सञ्चालक समितिका अध्यक्ष नेत्रप्रसाद जोशी, एनआरएन लघुवित्तका तर्फबाट मर्जर समिति संयोजक शम्भु घिमिरे र दिव्य लघुवित्तका तर्फबाट मर्जर समिति संयोजक महेश बस्नेतले हस्ताक्षर गरेका छन् ।

आगामी चैत मसान्त भित्र एकीकृत कारोबार गर्ने गरि मर्जरको कार्य तीव्र गतिमा गरिने उल्लेख छ । कम्पनीको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत(सीईओ) हालको एनआरएन लघुवित्त वित्तीय संस्थाबाटै रहने सहमति भएको छ भने संस्थाको नाम एकीकृत साधारण सभाले परिवर्तन नगरेसम्म एनआरएन लघुवित्त वित्तिय संस्था लि नै रहने छ ।

मर्जपछि बन्ने संस्थाको नाम एनआरएन लघुवित्त हुने र संस्थाको अध्यक्ष र सीईओ पनि एनआरएनबाट नै हुने बताइएको छ । एनआरएन लघुवित्तले यसअघि पनि रामारोशन लघुवित्त र क्रियटिभ लघुवित्तलाई मर्ज गरी विसं २०७६ साल भदौ २४ गतेबाट एकीकृत कारोबार गरेको थियो ।

हाल एनआरएन लघुवित्तको चुक्तापूँजी रू.३१ करोड रहेको छ । त्यस्तै किसान लघुवित्तको रू.११ करोड २४ लाख भन्दा माथि रहेको छ । दिब्य लघुवित्तको रू.७ करोड ७० लाख रहेको छ ।

मर्जरपछि रू.५० करोड भन्दा बढी चुक्तापूँजी पुग्ने उक्त कम्पनीले तत्कालै हकप्रद शेयर तथा फर्दर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने पनि सम्झौतामा उल्लेख छ ।

२०७६ माघ ०५ गते प्रकाशित

वि.सं.२०७६ माघ ५ आइतवार ०९:३२ मा प्रकाशित

You can share this post!

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...