काठमाडौं । साताको तेस्रो दिन आज (मंगलबार) पुँजी बजार मापक नेप्से ३.३६ अंकले बढेको छ । नप्से बढेर १३२०.४७ अंकमा पुगेको छ । आज निर्जीवन बिमा कम्पनी समूहको सूचक सबैभन्दा बढी ८१.१७ अंकले बढ्न पुग्यो।
साथै, जीवन बिमा कम्पनी समूहको सूचक पनि ६१.४७ अंकले उकालो लाग्यो। यसैगरी, उत्पादन तथा प्रशोधन समूहको सूचक पनि १९.२२ अंकले बढ्न पुग्यो ।
उक्त दिन कुल १२ समूहको सेयर कारोबारमध्ये ६ समूहको सूचक उकालो लाग्न पुग्यो भने ६ समूहको सूचक ओरालो लाग्न पुग्यो। म्यूचुअल फन्ड, लघुवित्त, अन्य, फाइनान्स, विकास बैंक र जलविद्युत कम्पनी समूहको सूचक घटन पुगेका छन् ।
आज हिजोको तुलनामा कम रकमको सेयर कारोबार भएको छ । हिजो १ अर्ब ९७ करोड ३ लाख ८७ हजार रूपैयाँको सेयर कारोबार भएकोमा आज १ अर्ब ५१ करोड ९९ लाख ७६ हजार रूपैयाँको सेयर कारोबार हुन पुग्यो ।
उक्त दिन हिमालयन बैंकको संस्थापक सेयर सबैभन्दा बढी २४ करोड ४६ लाख रूपैयाँ बराबरको कारोबार भएको छ । दोस्रो बढी रकमको कारोबार हिमालयन डिष्टिलरीको सेयर भएको छ । उक्त डिष्टिलरीको १० करोड ५२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
तेस्रो बढी कारोबार हुनेमा एनआइसी एशिया बैंकको सेयर रहेको छ । उक्त बैंकको ९ करोड ४६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
२०७६ माघ ०७ गते प्रकाशित
वि.सं.२०७६ माघ ७ मंगलवार १५:३१ मा प्रकाशित