काठमाडौं । लोक सेवा आयोगले भर्खरै परीक्षा मिति निर्धारण सम्वन्धी सूचना निकालेको छ । आयोगको केन्द्रिय कार्यालयले विभिन्न पदको लिखित परीक्षा भवन कायम गरिएको सम्वन्धी सूचना निकालेको हो ।
आयोगले खुला तथा समावेशी अनुसार, रा.प. तृतीय श्रेणी (अप्रा.) शाखा अधिकृत वा सो सरह पदमा महेन्द्र नगर परीक्षा केन्द्र राखी अनलाइन दरखास्त फारम स्वीकृत गराएका उम्मेदवारहरुको प्रथम चरण लिखित परीक्षा भवन कायम गरेको सूचनामा उल्लेख छ ।
यस्तै आयोगको इलाम कार्यालयले सोही पदको लिखित परीक्षाका लागि भवन र परीक्षा समय निर्धारणसम्वन्धी सूचाना प्रकाशन गरेको छ ।
सूचनामा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
२०७६ माघ ०९ गते प्रकाशित
वि.सं.२०७६ माघ ९ बिहीवार १३:२७ मा प्रकाशित