back
NMB ad

नेपाल एयरलाइन्सका २ दर्जन पाइलटको सामुहिक राजिनामा

Kumari bank ad

काठमाडौं । नेपाल एयरलाइन्सका दुई दर्जन पाइलटले सामुहिक राजिनामा दिएका छन तीन महिनाको समयसीमा दिंदै उनीहरुले व्यवस्थापन समक्षा राजिनामा बुझाएका हुन ।

विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले राजिनामा बुझाएका हुन । स्थायी उडानदलका सदस्यहरुले तीन महिनापछि लागू हुनेगरी राजिनामा बुझाएका हुन ।

उनीहरुले व्यवस्थापनले काममा नेपाली स्थायी कर्मचारीलाई बढी लगाएपनि विदेशीलाई सेवा सुविधा धेरै दिएको आरोप लगाएका छन ।

पाइलटहरुका अनुसार विदेशीले महिनामा ४६ घण्टामात्र जहाहज उडाउछन् भने हप्तामा २ दिन छुट्टी पाउछन । तलब भने उनीहरुले १५ लाख पाउछन्। कर पनि व्यवस्थापनले तिरिदिएको छ ।

तर नेपाली स्थायी पाइलटले महिनामा ९५ घण्टा जहाहज उडाउने तर हप्तामा विदा १ दिनमात्र पाउने गरेका छन्। त्यसमा कर पाइलट आफैले तिर्दै आएका छन ।

पछिल्लो समय जानकारी नै नदिइ वर्षको अन्तिमतिर शुन्य तलब दिएको र यो वर्षो सुरुदेखि नै एड्भान्सको नाममा १ लाख रुपैयाँ काट्दै आएको क्याप्ट्न श्रवण रिजालले जानकारी दिए ।

उनकाअनुसार तलबमा पनि विदेशी र नेपालीबीच गहिरो खाडल रहेको । विदेशीले चोखो १५ लाख तलब बुझ्छन् भने नेपालीले ५ लाख तलब पाउँदै आएका छन ।

करारमा आएकाले विदेशीलाई धेरै सुविधा भएको भन्ने व्यवस्थापनले जानकारी दिएकाले नेपालीलाई करारमै राखोस भनेर आफूहरु सबैले राजिनामा दिएको रिजालले जानकारी दिए।

तीन महिनाको समयसीम पाइलटहरुले दिएका छन्। उनीहरुले मदन खरेल अध्यक्ष हुँदै राजिनामा बुझाउने तयारी गरेपनि हस्ताक्षर संकलनको काम लम्बिएकाले सकेका थिएनन ।

पाइलटहरुले व्यवस्थापनलाई दुई बिकल्प दिएका छन्। तीन महिनाको समयमा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने। कि नेपाली पाइलटले दिएको राजिनामा स्वीकृत गरेर सबै करारमै लिएर काम चलाउने ।

यदि व्यवस्थापनले यी सबै काम गर्न नसकेमा सबै अन्तराष्टिय उडान ग्राउन्डेड हुने पाइलटहरुले चेतावनी दिएका छन ।एयरबस ३३० वाइडबडी जहाज उडाउने १५ मध्ये १३ जना र एयरबस ३२० जहाज उडाउने २५ मध्ये १२ जनाले राजिनामा दिएका छन्। यसमा थप ८ जना जतिले राजिनामा बुझाउने तयारी गरिरहेका छन । नेपाल एयरलाइन्समा पाइलटहरुले लामो समयदेखि असन्तुष्टि राख्दै आएका थिए ।

यस्तो छ पत्र :

२०७६ माघ १० गते प्रकाशित

वि.सं.२०७६ माघ १० शुक्रवार ०८:३० मा प्रकाशित

You can share this post!

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...