back
NMB ad

आरम्भसँग मर्जर प्रकृयामा रहेको चौतारीको नाफामा उल्लेख्य वृद्धि

Kumari bank ad

काठमाडौं । चौतारी लघुवित्तले उल्लेख्य रूपमा नाफा बढाएको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

आरम्भ लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रकृयामा रहेको यस कम्पनीले दोस्रो त्रैमाससम्म रू. २ करोड ६५ लाख ३२ हजार नाफा आर्जन गर्न सफल भएको हो ।

गत वर्षभन्दा कम्पनीको नाफामा १५२ दशमलव ३० प्रतिशत वृद्धि देखिएको हो । गत वर्ष कम्पनीले रू. १ अर्ब ५ लाख १६ हजार नाफा गरेको थियो ।

यस वर्ष खुद ब्याज आम्दानी ८७ प्रतिशत बढी रू. ७ करोड १५ लाख ७३ हजार हुदाँ कम्पनीको संचालन मुनाफा १५२ दशमलव २९ प्रतिशत बढी रू. ४ करोड १६ लाख ९४ हजार भएको छ ।

कम्पनीको सञ्चालन मुनाफा गत वर्षको यसै अवधिसम्म रू. १ करोड ६५ लाख २६ हजार मात्र थियो । यस वर्ष कम्पनीको सञ्चालन मुनाफासँगै खुद नाफामा उल्लेख्य वृद्धि देखिएको छ ।

यस वर्ष ७ प्रतिशत बोनस शेयर कम्पनीले दिएको छ । उक्त बोनस पश्चात चुक्तापूँजी रू. १९ करोड ९० लाख २० हजार र्पुयाएको कम्पनीको जगेडा कोष रकम रू. ५ करोड ६५ लाख ४४ हजार कायम भएको छ ।

गत वर्ष यो रकम रू. २ करोड ५४ लाख ४४ हजार थियो । यस वर्ष गत वर्षको तुलनामा जगेडा कोष रकम १२२ प्रतिशत बढेको हो ।

निक्षेप संकलनमा पनि कम्पनीको आकर्षक वृद्धि देखिएको छ । गत वर्षभन्दा ७९ प्रतिशत बढी रू. ५९ करोड ५१ लाख ८६ हजार निक्षेप संकलन गरेको कम्पनीले रू. १ अर्ब ७१ करोड ५६ लाख ५० हजार कर्जा प्रवाह गरेको छ ।

कर्जा प्रवाहको अवस्थामा पनि गत वर्षको तुलनामा ५७ दशमलव ६८ प्रतिशत वृद्धि भएको हो । कम्पनीको निष्क्रिय कर्जा १ दशमलव २४ प्रतिशत कायम भएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. २६ दशमलव ६६ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १२८ दशमलव ४१ छ । चौतारीले हाल ५७ ओटा शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गरिरहेको छ ।

आरम्भ र चौतारीले मर्जर सम्बन्धि प्रस्ताव साधारण सभा मार्फत पारित गरिसकेका छन् । एक बराबर एक शेयर स्वाप रेसिया कायम गर्दै मर्जरमा जान सम्झौता गरेका कम्पनीहरुको संयुक्त कारोबार पनि आरम्भ चौतारी लघुवित्तको नामबाट हुनेछ ।

मर्जर प्रकृयाका लागि नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिको पर्खाइमा रहेको कम्पनीले जानकारी दिएको छ । मर्जर पश्चात नयाँ क्षेत्रमा कार्यक्रम विस्तारका साथै वित्तीय सेवाको पहुँच नपुगेको क्षेत्रमा शाखा विस्तार गर्ने योजना कम्पनीको छ ।

२०७६ माघ १० गते प्रकाशित

वि.सं.२०७६ माघ १० शुक्रवार १३:४२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...