काठमाडौं । नेप्सेले नेपाल इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज (ब्रोकर नम्बर १९) को कारोबार रोक्का गरेको छ । सेयर कारोबार गरेको रकम भुक्तानी तथा राफसाफ गर्न नसकेकाले ३ दिनका लागि कारोबार रोक्का गरिएको हो ।
१९ नम्बरको यो ब्रोकर कम्पनीबाट अब लगानीकर्ताले ३ दिनपछि मात्र सेयर किनबेच गर्न पाउनेछन् । ब्रोकर कम्पनीहरुले सेयर कारोबारको पैसा निर्धा्रित मितिमा राफसाफ गर्न नसके कारोबार नै बन्द गर्ने प्रवधान छ ।
२०७६ माघ १३ गते प्रकाशित
वि.सं.२०७६ माघ १३ सोमवार १३:५५ मा प्रकाशित