back
NMB ad

दोस्रो त्रैमासमा यसकारण घट्यो नेपाल बैंकको नाफा

Kumari bank ad

काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंकको खुद नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ३० करोड ९१ लाख रुपैयाँ अर्थात १८.६० प्रतिशत घटेको छ ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब ६६ करोड १४ लाख खुद नाफा आर्जन गरेको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ३५ करोड २३ लाख नाफा कमाएको छ। बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि खुद नाफा घटेका वित्तीय विवरण प्रकाशित गरेको थियो ।

गत आवमा ३८ करोड असुली हुनु, निक्षेप सङ्कलन लागत कम र राष्ट्र बैंकले स्प्रेडदरमा कडाई नगरेका कारण सो अवधिमा बैंकको नाफा बढेको बैंकका अध्यक्ष बासुदेवले अधिकारीले बताएका थिए ।

चालु आवमा भने स्प्रेड दरमा राष्ट्र बैंकले गरेको कडाई, निक्षेप लागत बढ्नु र पुरानो असुली नहुँदा खुद नाफा घटेको उनको भनाई थियो । दोस्रो त्रैमासमा बैंकले नियमित आम्दानी र खराब कर्जाबाट पुरानो असुली हुँदा बैंकको मुनाफामा सुधार आउने उनले बताएका थिए । तर, सो अनुसारको सुधार भने दोस्रो त्रैमासिक वित्तीय विवरणमा देखिएको छैन ।

पुस मसान्तसम्ममा बैंकको निक्षेप सङ्कलन, खुद ब्याज आम्दानी, सञ्चालन मुनाफा पनि घटेको छ । बैंकको कर्जा विस्तारमा सामान्य सुधार भएको छ भने कष्ट अफ फण्ड १.६१ प्रतिशत विन्दुले बढेको छ । सो अवधिसम्ममा बैंकको निष्क्रिय कर्जा २.७४ प्रतिशतबाट घटेर २.६६ प्रतिशतमा सीमित भएको छ ।

९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १३ अर्ब ५२ करोड ११ लाख रुपैयाँ, शेयरधनी कोषमा २ अर्ब ५९ लाख ८२ हजार रुपैयाँ र शेयर प्रिमियममा ३ अर्ब २६ करोड २८ लाख रुपैयाँ रहेको छ ।

सो अवधिसम्ममा १ खर्ब १७ अर्ब १२ करोड निक्षेप सङ्कलन गरेको यस बैंकले ९८ अर्ब ४५ करोड ९६ लाख रुपैयाँ कर्जा परिचालन गरी २ अर्ब ७४ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१ करोड ३१ लाख रुपैयाँ कम हो । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ५७ करोड ७८ लाख रुपैयाँ घटेर १ अर्ब ७३ करोड ४६ लाख रुपैयाँमा झरेको छ ।

पुस मसान्तसम्ममा ६८ करोड ३७ लाख रुपैयाँ वितरण योग्य मुनाफा रहेको यस बैंकको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ५७ पैसा रहेको छ । यो १५ प्रतिशत बोनस शेयर पूँजीकरण नगरिएको प्रतिशेयर आम्दानी हो। १५ प्रतिशत बोनस शेयर पूँजीकरणपश्चात बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ९७ पैसा कायम हुनेछ । गत आवको पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ८७ पैसा रहेको थियो ।

त्यसैगरी, हाल बैंकको मूल्य आम्दानी अनुपात १०.०५ गुणा रहेको छ भने बोनस पूँजीकरणपश्चात बैंकको मूल्य आम्दानी अनुपात ११.५६ गुणा हुनेछ । बैंकको प्रतिशेयर नेटवर्थ २९७ रुपैयाँ ५५ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ ।

२०७६ माघ १४ गते प्रकाशित

वि.सं.२०७६ माघ १४ मंगलवार ०९:३५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...