back
NMB ad

रसुवागढी नाका बुधबारदेखि १५ दिनसम्म बन्द

Kumari bank ad

काठमाडौं । रसुवागढी नाका १५ दिनका लागि बन्द गरिएको छ । रसुवागढी पुलदेखि जिलोङ काउन्टीसम्म पर्ने सडकको मर्मत बुधबारदेखि सुरु गरिने भएकाले नाका बन्द गरिएको हो ।

चीनको जिलोङ काउन्टीले मङ्गलबार एक विज्ञप्ति निकालेर बुधबारदेखि राष्ट्रिय राजमार्ग बन्द गर्ने जनाएको छ । नाका बन्द गर्नुअघि नेपाली तथा चिनियाँ अधिकारीहरूबीच मङ्गलबार बिहान रसुवागढीमा बैठक बसेको थियो ।

बैठकले कोरोना भाइरसको सङ्क्रमण रोक्न, केरुङतर्फ जाने सडकमा हिउँ परेको तथा ढुङ्गाहरू खस्ने भएकाले दुर्घटना हुन सक्ने र ल्होसार पर्वको कारण नाका बन्द गर्न लागेको जानकारी दिएको छ ।

रसुवागढीमा मङ्गलबार बिहान बसेको बैठकमा नेपाल प्रहरी, चिनियाँ प्रहरी र अध्यागमन कार्यलयका अधिकारी उपस्थित थिए । बुधबारदेखि नेपाल चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) लिएका रसुवाका नागरिक पनि केरुङ जान पाउने छैनन् ।

चाइना पास भएका व्यक्ति नाका पारीसम्म मात्र जान पाउँछन् । त्यसैगरी जिल्ला प्रशासन कार्यालयले मङ्गलबार साँझ एक विज्ञप्ति निकाल्दै नाका पूर्णरुपमा बन्द भन्ने हल्ला निराधार भएको बताएको छ ।

नाकाबाट सवारी साधन तथा मानिसले आवतजावत गर्न नमिल्ने तर रसुवा तथा केरुङका भन्सार अध्यागमन खुल्ने जानकारी दिएको हो ।

सीमा बैठकमा दुई देशका सुरक्षा अधिकारी बीच छलफल हुनुपर्नेमा सीमाका सुरक्षाकर्मीले मात्र छलफल गरेर निर्णय गरेको प्रति कार्यालयले असन्तुष्टि जनाएको छ ।

२०७६ माघ १५ गते प्रकाशित

वि.सं.२०७६ माघ १५ बुधवार ११:५७ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...