back
NMB ad

आतंकवादी क्रियाकलापमा वित्तीय लगानी : ६७ व्यक्ति र संघसंथाको सूची गृह मन्त्रालयमा

Kumari bank ad

काठमाडौं । गृह मन्त्रालयले आतंकवादी क्रियाकलापमा वित्तीय लगानी गर्ने ६७ वटा विभिन्न व्यक्ति र संस्थाको नाम पाएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले उपलब्ध गराएको सूची परराष्ट्र मन्त्रालय हुँदै गृह मन्त्रालयमा पुगेको छ । ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०७६–२०८१)’ अनुसार गृहले उक्त सूचीमा रहेका व्यक्ति र संघसंस्थालाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

सुरक्षा परिषद्ले उपलब्ध गराएको सूचीमा भने ६७ वटा व्यक्ति र संस्थामा नेपाल जोडिएको छैन। तर, गृहले यी सूचीमा समावेश भएका नाम र संस्थाको लगानी वा बैंकिङ कारोबार नेपालमा भए/नभएको सम्बन्धमा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयमा आतंकवाद प्रतिरोध संयन्त्रको सचिवालय नै स्थापना भई उसले काम गरिरहेको छ । गृहमा पुगेको सूचीअनुसार अधिकांश इराकी संस्था र व्यक्ति छन् । पछिल्लो पटक दुई व्यक्ति मोरोक्कोका अलि मचाउ र मालीका भ अ मौस्सा अहिले पनि आतंकवाद लगानी गरिरहेको जनाइएको छ ।

आतंकवादी लगानीमा सबैभन्दा बढी इराकी व्यक्ति र संघसंस्था छन । इराकको बग्दादस्थित अटोमोबाइल स्टेट इन्टरप्राइज, बग्दादकै डाइरेक्टोरेट जेनरल अफ मेडिकल सप्लाइज र एकेए डाइरेक्टोरेट जेनरल अफ मेडिकल सप्लाइज, इराकको बक्युवास्थित डाइरेक्टोरेट अफ ट्रान्सफरमर प्रोजेक्ट, इराक कम्पनी फर कार्टुन म्यानुफ्याटरिज, नर्थन सिमेन्ट स्टेट इन्टरप्राइजेज, स्टेट ब्याट्री म्यानुफ्याक्चरिङ स्ट्यावलिस्टमेन्ट, स्टेट कम्पनी फर प्लास्टिक ब्याग इन्टरप्राइज ईल टिकरिटलगायत ५५ वटा संघसंस्थामा आतंकवादी लगानी रहेको गृहको सूचीमा उल्लेख छ ।

त्यसैगरी, व्यक्तिगततर्फ जर्मनीको हाउजेनवर्गका मजेन सलाह मोहम्मेद, पाकिस्तानका टोरेक आग, अफगानिस्तानका जलालुद्दिन, अरब रिपब्लिकका लभड्रिम मुहाक्षेरी, इथियोपियाका हस्सन अब्दुल्लाह हेरसी अल टुर्की, इन्डोनेसियाका मोहम्मद युसिप करिम, मलेसियन नागरिक मोहम्मद रफि विन उद्दिन, सेन्ट्रल अफ्रिकन रिपब्लिकका अब्दुलय हाइस्सेने, बोस्निया हर्जगोभिनाका नुसरेट इममोभिक, इजिप्टका मोहमेद सलाहद्दिन हलिम जिदाने, युगान्डाका पउल मालोङ अवान एनी र ट्युनेसियाका नसिम विन मोहमेद अल चेरिफ वेनले आतंकवादी लगानीमा सम्पत्ति जोडेको गृहको सूचीमा उल्लेख छ । उनीहरूलाई लगानी गर्न प्रतिबन्धसमेत लगाइएको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव केदारनाथ शर्माले यी व्यक्ति र संस्थाको वित्तीय लगानीका सम्बन्धमा प्रतिबन्ध लगाइएको बताए । उनले भने, ‘हामीले यी नाम र संस्थाको लगानी र सम्पत्ति नेपालमा प्रयोग भए÷नभएको सम्बन्धमा आवश्यक छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका छौं ।’

प्रहरी मुख्यालयस्थित आतंकवाद प्रतिरोध संयन्त्रको सचिवालयका प्रमुख एसपी केदार ढकालले सुरक्षा परिषद्मार्फत यी सूचना परराष्ट्र मन्त्रालय हुँदै गृहबाट प्रहरीलाई प्राप्त भएको बताए । उनले भने, ‘अब हामी यी संस्था र व्यक्तिको लगानी नेपालमा भए/नभएको सम्बन्धमा छानबिन गर्छौं।’ अन्नपूर्ण पोष्टबाट

वि.सं.२०७६ माघ २० सोमवार ०८:३९ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:४२

खजुरा (बाँके), १६ वैशाख : नेपालगञ्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर...

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:३७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा...