back
NMB ad

माघ २३ गतेदेखि सोल्टी होटलले नगद लाभांश वितरण गर्ने

Kumari bank ad

काठमाडौं । सोल्टी होटेलले गत पुस २४ गते पारित गरेको नगद लाभांश माघ २३ गते बिहीवारदेखि वितरण गर्ने भएको छ।

होटेलले मंगलवार सूचना जारी गरी पारित ११ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने जानकारी दिएको हो । यो लाभांश मंसिर २४ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका शेयरधनीहरुको हकमा बैंक खातामानै पठाउने व्यवस्था गरिएको छ ।

शेयर डिम्याट गरेर पनि आफ्नो बैंक खाता अद्यावधिक नगरेका शेयरधनीहरुलाई यथाशिघ्र खाता अद्यावधिक गर्न समेत होटेलले आग्रह गरेको छ ।

शेयर धितो बन्धकमा राखेका शेयरधनीहरुले भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नगद लाभांश भुक्तानी लिनका लागि सैद्धान्तिक सहमती पत्र पेश गर्नु पर्नेछ ।

भौतिक रुपमा शेयर धारण गर्नेहरुका लागि भने माघ २३ गतेदेखिनै बिदाका दिन बाहेक दिउँसो २ बजेदेखि ५ बजेसम्म कम्पनीको रजिष्ट्रर्ड कार्यालय, ताहाचल, काठमाडौंबाट वितरण गरिनेछ ।

वि.सं.२०७६ माघ २१ मंगलवार ११:४४ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...