back
NMB ad

नेपाल बैंकद्वारा बिना धितो कर्जा प्रवाह सुरु : कति सम्म पाइन्छ ? यस्तो छ प्रक्रिया

Kumari bank ad

काठमाडौं । नेपाल बैंकले बिना धितो कर्जा प्रवाह सुरु गरेको छ । बैंकको कञ्चनपुरको शाखा शुक्लाफाँटा नगरपालिका बिलासपुर–१० झलारीले बिनाधितो कर्ता प्रवाह सुरु गरेको हो ।

सोमबार बैंकले एक कार्यक्रमकाबीच पुनर्वास नगरपालिकास्थित राष्ट्रिय माविलाई बिनाधितो कर्जा प्रवाह कार्यक्रम सुरु गरेको जानकारी गराएको थियो ।

बैंकले न्यूनतम ५ लाखदेखि १५ लाख रुपैयाँसम्म बिनाधितो कर्जा प्रवाह गर्ने जनाएको छ । सो बैंकसँगको कारोवारमा कारोबार कर्मीले कारोबारको आधारमा कर्जा पाउने व्यवस्था झलारी शाखा बैंकले गरेको छ ।

३ वर्षको स्थायी कर्मचारी हुनुपर्ने तथा अवकाश पाउन ५ वर्ष बाँकी भएको अवस्थामा बैंकले कर्जा दिने भएको छ । शाखा प्रमुख बाबुराम खरेलका अनुसार स्थायी कर्मचारीको चार वर्षको स्केलअनुसार बैंकले न्यूनतम ब्याजदरमा कर्जा दिने बताए ।

राष्ट्रिय विद्यालयसँग बैंकले बिनाधितो कर्जा प्रवाह पत्रमा हस्ताक्षरसमेत गरेको छ । सो शाखाले राष्ट्रिय विद्यालयलगायत अन्य थप ६ ओटा सामुदायिक विद्यालयसँग पनि बिनाधितो कर्जा प्रवाह गर्ने योजना बनाएको शाखा प्रमुख खरेलले बताए ।

वि.सं.२०७६ माघ २१ मंगलवार १२:४५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...