back
NMB ad

जब प्रधानमन्त्री ओलीले सारङ्गी र बाँसुरी बजाउनुभयाे…

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार ‘सारङ्गी साँझ’ कार्यक्रममा सहभागी हुनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित नेपाली मौलिक बाजा र धुनहरुको ‘सारङ्गी साँझ’ मा उहाँ सहभागी हुनुभएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सारङ्गी र बाँसुरी बजाउनु भएको कला प्रतिष्ठानका महासचिव डा. देवी नेपालले जानकारी दिनुभयो । ’पहिले उहाँले एक्लै सारङ्गी बजाउनुभएको थियो’, डा. नेपालले भन्नुभयो, ’त्यसपछि पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले सारङ्गी र प्रधानमन्त्री ओलीले बाँसुरी बजाउनुभएको थियो ।’

डा. नेपालले प्रधानमन्त्री, मन्त्रीगणलाई मौलिक बाजा र धुनको संरक्षण गर्नुपर्दछ भन्ने सन्देश दिनका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

सारङ्गी साँझमा पूर्वको लिम्बू जातिको पालमदेखि सुदूरपश्चिम प्रदेशको देउडासम्मकोे १० प्रकारका धुन बजाइएको थियो ।
नाट्य प्रतिष्ठानका झण्डै ३० जना कलाकारले विभिन्न बाजाको धुन बजाएका थिए ।

धुनको संयोजन नाट्य प्रतिष्ठानका प्राज्ञ सदस्य अशोक राईले गर्नुभएको हो ।

वि.सं.२०७६ माघ २२ बुधवार ०७:१८ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...