काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आव २०७५०७६ को प्रस्तावित लाभांशलाई परिमार्जित गरेको छ ।
कम्पनीको मंगलवार बसेको संचालक समितिको बैठकले बीमा समितिको निर्देशन अनुसार गत आवको परिमार्जित वित्तीय विवरणका आधारमा चुक्तापूँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ दशमलव ७५ प्रतिशत नगद लाभांश शेयरधनीहरुलाई दिने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृती र कम्पनीको २६ औं वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।
यसअघि पुस १५ गते बसेको कम्पनीको संचालक समितिको बैठकले चुक्तापूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ५ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो।
वि.सं.२०७६ माघ २२ बुधवार ११:१४ मा प्रकाशित