back
NMB ad

सिभिल बैंकको भीमसेनस्थान शाखा संचालनमा

Kumari bank ad

काठमाडौं । सिभिल बैंक लिमिटेडको भीमसेनस्थान शाखा संचालनमा आएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले शुक्रबार एक कार्यक्रमकाबीच शाखाको उद्धघाटन गर्नुभयो ।

सोही अवसरमा अतिथि काठमाडौं महानगरपालिका वडा नं २० का अध्यक्ष राजेन्द्र मानन्धरले आफ्नो वडामा पहिलो शाखा खोलिएकोमा सिभिल बैंकलाई बधाई दिदैं बैंकलाई आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने उहाँको भनाई थियो ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंक भीमसेनस्थान शाखाले त्यस क्षेत्रका सम्पूर्णलाई उच्चस्तरीय बैकिंङ सेवा दिने प्रतिवद्धता जनाउनुभयो ।

भीमसेनस्थान क्षेत्रमा नेवारी बाहुल्यता भएबमोजिम शाखाको परिचयदेखि उद्घघाटन समारोहको ढाँचा पनि नेवारी संस्कृतिअनुरुप गरिएको सिभिल बैंकका अध्यक्ष इ. इच्छा राज तामाङले बताउनुभयो ।

अध्यक्ष तामाङले परोपकार आदर्श माविको कक्षा ९मा अध्ययनरत सुनी राईलाई मासिक तीन हजारका दरले १ वर्षको जम्मा ३६ हजारको आर्थिक सहयोग विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गर्नुभयो ।

साथै कामपा वडा नं २० कै ज्येष्ठ नागरिक ९९ वर्षीय मायादेवी नकर्मीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, बाग्मती प्रदेशका प्रमुख भोला बहादुर बिस्ट तथा शाखा प्रबन्धक प्रदीप हमालले निजकै निवासमा गई दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

बैंकले देशभर १०६ वटा शाखाहरु तथा २ एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिंङ सेवाबाट सेवा दिदैं आएको छ।

वि.सं.२०७६ माघ २४ शुक्रवार १६:०४ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...