back
NMB ad

अब वैदेशिक रोजगार बचतपत्र बिक्री वर्षभरी नै खुला, के-के छन् फाइदा ?

Kumari bank ad

काठमाडौं । अहिले नेपाल राष्ट्र बैंकले ४० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बर्से्नि राष्ट्र बैंकले ‘वैदेशिक रोजगार बचतपत्र’ को बिक्री खुला गर्छ ।

बचतपत्र वैदेशिक रोजगारीमा रहेका, फर्किएको ६ महिना नपुगेका, गैरआवासीय नेपालीले आफू र आफ्नो परिवारका सदस्या बुवाआमा, श्रीमान् श्रीमती र छोराछोरीको नाममा किन्न सक्छन् ।

वर्षभरीनै किन्न सकिने

राष्ट्र बैंकले बर्से्नि बचतपत्र खुल्ला गर्ने गरे पनि बिक्री भने कम हुने गरेको छ । छोटो समयमा बचतपत्रको बिक्री खुल्ला गर्ने र यसको प्रचारप्रसार कम हुँदा पनि बचतपत्र बिक्री नहुने गरेको राष्ट्र बैंकका प्रवक्ता तथा सूचना अधिकारी डा. गुणाकर भट्ट बताउनुहुन्छ ।

तर यो वर्षदेखि वर्षभरी नै बचतपत्र खुल्ला गरिने र यसको खरिद प्रक्रिया पनि सहज गरिएकाले बिक्री बढ्ने उहाँले बताउनुभयो । यो वर्षदेखि मौद्रिक नीतिमा वैदेशिक रोजगार बचतपत्र वर्षभरी नै खुला राख्ने भनेर व्यवस्था गरिएको छ ।

वैदेशिक रोजगारीमा गएका व्यक्तिको बचतलाई राष्ट्रिय पुँजी निर्माणमा परिचालन गर्न तथा विकास निर्माण र पूर्वाधारका परियोजनाहरुमा उपयोग गर्न सकियोस् भन्ने उदेश्यले वैदेशिक रोजगार बचत पत्र खुला गर्ने गरिएको सूचना अधिकारी भट्टको भनाइ छ । अब वैदेशिक रोजगारीमा जाने बेलामा नै युवालाई बचतपत्रको बारेमा बुझाउने र किन्न प्रोत्साहन गर्ने राष्ट्र बैंकको योजना छ ।

उहाँले भन्नुभयो ‘अहिले पनि बचतपत्रको बारेमा बुझाई कम छ, अब वर्षभरी नै यसको बिक्री खुला राख्ने र प्रचारप्रसार पनि बढाउने हाम्रो योजना छ ।’

बचतपत्र किन किन्ने ?

वैदेशिक रोजगारीमा जाने सबैजना दुई चार पैसा कमाउँ र बचाउँ भन्ने नै हुन्छ । बचतपत्र किन्न भनेको पनि बचत गर्नु हो । अरु ठाउँमा लगानी गर्दा कुनै न कुनै जोखिम हुने भए पनि बचतपत्रमा गरिएको लगानी जोखिमरहित हुन्छ भन्नुहुन्छ राष्ट्र बैंकका प्रवक्ता तथा सूचना अधिकारी भट्ट ।

‘जस्तो सुकै परिस्थिती आए पनि सरकार टाट पल्टिंदैन, तपाईँको लगानी सरकारले जुनसुकै परिस्थितीमा पनि फिर्ता गर्छ, यसकारण पनि बचतपत्रमा गरेको लगानी जोखिमरहित छ,’ उहाँ भन्नुहुन्छ ।

तुलनात्मक रुपमा अरु बैंकहरुको निक्षेभन्दा बचतपत्रमा लगानी गर्दा ब्याज पनि बढी हुने र जोखिम पनि नहुने भएकाले बचतपत्र किन्न वैदेशिक रोजगारीमा रहेका नेपालीलाई राष्ट्र बैंकका तर्फबाट प्रवक्ता तथा सूचना अधिकारी भट्ट अनुरोध गर्नुहुन्छ ।

बचतपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि सकिन्छ । बचतपत्र कम्तीमा १० हजार र बढीमा ४० करोड रुपैयाँसम्म किन्न पाइनेछ । बचतपत्रको वार्षिक ब्याजदर १० प्रतिशत दिइने र यसमा ब्याजदर कर लाग्ने राष्ट्र बैंकले जनाएको छ ।

पाँच वर्षे बचतपत्रको ब्याज भने ६ र ६ महिनामा खरिदकर्ता वा उनीहरुले इच्छाइएको व्यक्तिमार्फत भुक्तानी हुनेछ । बचतपत्र किनेकै दिनदेखि ब्याज पाइन्छ ।

बचतपत्र किन्न पासपोर्ट, भिसा, कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र र दुई प्रति फोटो चाहिन्छ । बचतपत्र किन्नका लागि सिटिजन्स बैंक, नबिल बैंक, माछापुच्छे, प्रभु, सनराइज, सिद्धार्थ, सानिमा र सेन्चुरी बैंकमार्फत फारम बुझाउन सकिन्छ ।

यस्तै, प्रभु मनी ट्रान्सफर, सेवा रेमिट र सिटी एक्सप्रेसबाट पनि बचतपत्र खरिदका लागि आवेदन बुझाउन सकिने राष्ट्र बैंकले जनाएको छ । आवेदन आउँदो चैत २१ गतेसम्म बुझाउन सकिनेछ ।(उज्यालो अनलाइनबाट)

वि.सं.२०७६ माघ २६ आइतवार १२:०५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...