back
NMB ad

राष्ट्रिय आयोजना बैंकमा दर्ता गरेर कार्यान्वयनमा लैजान निर्देशन

Kumari bank ad

काठमाडौं । राष्ट्रिय योजना आयोगले कुनै पनि पुराना तथा नयाँ आयोजना राष्ट्रिय आयोजना बैंकमा दर्ता गरेर कार्यान्वयनमा लैजान मन्त्रालयहरुलाई निर्देशन दिएको छ ।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ४७ औं बैठकपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कंडेलले कुनैपनि आयोजना राष्ट्रिय आयोजना बैंकमा दर्ता गरेर मात्र कार्यान्वयन गर्न निर्देशन दिएको बताउनुभएको हो ।

उहाँले कुनैपनि योजना बजेट किताबमा राख्न पाए उपलब्धी ठान्ने प्रवृतिको अन्य गर्न आयोजना बैंक स्थापना गरिएको समेत बताउनुभयो । उहाँले आयोजना बैंक पूर्णरुपमा सञ्चालनमा आएपछि तयारी अवस्थामा भएका परियोजना मात्रै बजेटमा स्थान पाउने र कार्यान्वयनमा जाने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगले राष्ट्रिय आयोजना बैंकको अवधारणापत्र र मार्गदर्शन तयार भइसकेको जनाएको छ । त्यस्तै राष्ट्रिय आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीको प्रारम्भिक सफ्टवेरको विकास गरी विवरण प्रविष्टि भइरहेको बताउनुभयो ।

त्यस्तै उपाध्यक्ष कँडेलले तयारी बिना राष्ट्रिय गौरवका आयोजना घोषणा गरिएकालो आयोजनाहरु कार्यान्वयनमा लैजान समस्या भएको बताउनुभयो ।

उहाँले एमसीसी परियोजना, बुढीगण्डकी जलविद्युत, पश्चिम सेति, निजगढ विमानस्थल, पशुपति क्षेत्र विकास समिति लगायका परियोजनाहरु कार्यान्वयन हुन नसक्नुको कारण योजना बिना नै घोषणा गरिनु रहेको बताउनुभयो ।

वि.सं.२०७६ माघ २६ आइतवार २२:०९ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...