अष्ट्रेलिया । अष्ट्रेलिया मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई साना विमानहरू एकआपसमा ठोक्किएको छ । उक्त घटनामा विमानमा सवार चार जनाको मृत्यु भएको छ ।
एक विमानमा प्रशिक्षक पाइलट र प्रशिक्षक सवार थिए जो केही समयअघि मेङलोर एयरफिल्डबाट छुटेका थिए । अधिकारीका अनुसार घटना स्थानीय समय अनुसार बिहानको ११ः२५ मा भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन ।
प्रहरीले दुवै विमानमा एक/एक जना पाइलट र एक(एक जना यात्रु सवार रहेको जनाएको छ । ती दुई विमान मेङलोर शहरमा करिब ४ हजार फिट माथि आकाशमा ठोक्किएका थिए । दुवै विमान कानुनी रूपमा वैध रहेका भए पनि घटनाको अनुसन्धान जारी रहेको अधिकारीले बताएका छन् ।
वि.सं.२०७६ फागुन ७ बुधवार १३:४५ मा प्रकाशित