काठमाडौं । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।
कम्पनीले २५ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि रेटिङ गराएको हो । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।
कम्पनीले आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) मा माघ १ गते निवेदन दिएको थियो । विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं.२०७६ फागुन ७ बुधवार १६:२७ मा प्रकाशित