back
NMB ad

एउटै विद्यालयमा ३५ वर्षसम्म अध्यापन गराएर अवकास, भावविह्वल हुँदै गाउँलेले गरे बिदाइ

Kumari bank ad

काठमाडौं । सामान्यतया सरकारी सेवाका कर्मचारीको सरुवा दुईदेखि पाँच वर्षभित्र हुने गरेको पाइन्छ। शिक्षकको पनि विभिन्न समयमा सरुवा हुने गरेका खबर हामी पाउँछौँ तर एउटै विद्यालयमा ३५ वर्षसम्म अध्यापन गराएर सोही विद्यालयबाट अवकास हुने शिक्षकको संख्या हेर्ने हो भने निकै कम भेटिन्छन् ।

पर्वतको मोदी गाउँपालिका–६ तिलाहारस्थित नवदुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक बालकृष्ण पुरी ३५ वर्ष एउटै विद्यालयमा अध्यापन गरेर बिदाइ भएका छन् । बुधबार सेवा अवधि पूरा भएर विद्यालयले उनलाई विद्यार्थी, अभिभावक, शिक्षक र अन्य गाउँलेले भावविह्वल हुँदै बिदाइ गरेका छन् ।

सोही ठाउँमा जन्मिएर विसं २०४१ देखि शिक्षण पेशामा आबद्ध भएका बालकृष्ण पुरीलाई बुधबार विद्यालयले एक समारोहबीच बिदाइ गरेको हो । करिब चार दशकसम्म सँगसँगै एउटै थलोमा काम गर्दै आएका शिक्षकलाई अनिवार्य अवकासको पाँच महिनाअगावै विद्यालय र समुदायले बिदाइ गरेको छ ।

पुरीले २०४१ सालदेखि २०७६ मंसिररसम्म निरन्तर सोही विद्यालयमा अध्यापन गराउँदै आएका थिए। गाउँमा एसएलसी पास गर्ने व्यक्ति खोज्नुपर्ने अवस्थाको समयमा एसएलसी उत्तीर्ण गरेका पुरीले अध्यापन शुरु गरेको सात वर्षसम्म अस्थायी पेशामा रहे पनि सात वर्षपछि मात्रै स्थायी शिक्षण पेशा शुरु गरेका थिए ।

कार्यक्रममा विद्यालयका वर्तमान प्रधानाध्यापक विष्णुप्रसाद शर्माले निवृत्त भएका शिक्षक पुरीको जीवनी वाचन गर्दा आँखा नरसाउने कोही थिएनन । ‘एउटा शिक्षक मात्रै नभई सामाजिक परिवर्तनमा समेत शिक्षक पुरीको ठूलो योगदान थियो’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सामाजिक व्यक्ति देवेन्द्रज्यु ठकुरीले गहभरि आँशु पार्दै भने, ‘त्यस्तो व्यक्ति हामीबाट बिदाइ हुँदा कसरी आँशु थामौँ।’ उनले प्रकृतिको नियम अनौठो भएको बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सेती महतले समेत गाउँको मुहार फेर्नका लागि पुरीको अतुलनीय योगदान रहेको भन्दै भोलिका दिनमा विद्यालय बाहिर रहे पनि गाउँ र विद्यालयको उन्नतिका लागि सदैव सक्रिय रहन आग्रह गरिन् ।

वडाध्यक्ष विमल लामिछानेले लामो अवधिसम्म विद्यालयमा कार्यरत शिक्षकको अवकास गरिनु विद्यालयका लागि दुःखद् कुरा भएको बताए । उनले वडामा सञ्चालन भएको विद्यालयमा उत्कृष्ट विद्यालयका रूपमा स्थापित गराउन पुरीले खेलेको भूमिकाको कदर गर्दै भोलिका दिनमा पनि उक्त साख नगिराउन विद्यालय परिवारलाई सुझाब दिएका थिए ।

उनलाई विद्यालयको तर्फबाट विद्यालय व्यवस्थापन समितिले दोसल्ला ओढाएर सम्मान गरेको थियो भने समग्र गाउँका स्थानीय बासिन्दाले समेत अबिर, खादा र माला पहिराएर बिदाइ गरेका थिए ।

बिदाइ कार्यक्रममा पुरीले विद्यालयप्रतिको माया कहिल्यै नघट्ने बताउँदै विद्यालयमा दरबन्दी गुम्ने भएकाले नै आफूले अनिवार्य अवकासको पाँच महिनाअगावै राजीनामा दिएको बताए । ‘मैले ०७७ वैशाखमा राजीनामा दिएको भए मासिक निवृत्तिभरणमा ७०० रुपैयाँ बढी पाउने थिएँ’, उनले भने, ‘तर मैले दरबन्दी जोगाउनकै लागि रु ७०० को माया मारेर मंसिरमा नै राजीनामा दिएको हूँ।’ उनले विद्यालय र समाजको उन्नतिका लागि जहाँ रहे पनि सेवामा तत्पर रहने प्रतिबद्धतासमेत व्यक्त गरे । रासस

वि.सं.२०७६ फागुन ९ शुक्रवार १०:०६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...