back
NMB ad

नेप्सेमा हिमाल दोलखाको आईपीओ सूचीकृत, पहिलो कारोबारका लागि कति तोक्यो मूल्य रेञ्ज ?

Kumari bank ad

काठमाडौं । हिमाल दोलखाको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले सोमवार १ करोड ६० लाख कित्ता आईपीओ सूचीकृत गराएको हो ।

मंगलवारदेखि कारोबार गर्न सकिने यस कम्पनीको शेयरको पहिलो कारोबारका लागि नेप्सेले रू. ६५ दशमलव ३३ देखि रू. १९५ दशमलव ९९ मूल्य रेञ्ज तोकेको छ ।

आयोजना प्रभावित र स्थानियलाई शेयर जारी गरी रू. १ अर्ब ६० करोड चुक्तापूँजी र्पुयाएको कम्पनीले उक्त शेयर कारोबारका लागि सूचीकृत गराएको हो । आयोजना प्रभावित स्थानियको हकमा भने तीन वर्षे लकइन अवधि लागू हुनेछ ।

यस कम्पनीले आयोजना प्रभावित स्थानियका लागि २०७६ जेठ १४ देखि असार १३ गतेसम्म १६ लाख कित्ता आईपीओ विक्री खुला गरी असार १६ गते बाँडफाँट गरेको थियो । बाँडफाँट भएको मितिले तीन वर्षसम्म स्थानियको शेयर भने खरीदविक्री हुने छैन ।

सर्वसाधारणका लागि भने कम्पनीले गत भदौ ५ गते शेयर बाँडफाँट गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ७६ लाख ७२ हजार २१० कित्ता शेयरमध्ये १ लाख ५३ हजार ४४४ कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी २५ हजार कित्ता म्युचुअल फण्डहरूलाई बाँडफाँटपछि बाँकी रहेको ७४ लाख ९३ हजार ७६६ कित्ता शेयर सर्वसाधारणलाई विक्री खुला गरेको थियो ।

सर्वसाधारण र स्थानियलाई वितरण गर्न नसकिएको १४ लाख ७२ हजार २१० कित्ता शेयर समेत जोडेर विक्री खुला गरिएको हो ।सर्वसाधारणलाई ३० लाख ९३ हजार २५० कित्ता मात्र बाँडफाँट गरिएको थियो ।

सर्वसाधारणले खरीद नगरेको शेयर सकार्ने प्रत्याभूतकर्ताहरुले नै सकार्न नमान्दा कम्पनीको आईपीओ सूूचीकरणमा ढिलाइ भएको हो । यस कम्पनीमा संस्थापकतर्फ ५१ दशमलव २५, स्थानियतर्फ १० र सर्वसाधारणतर्फ ३८ दशमलव ७५ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

कम्पनीले इलाममा ४ दशमलव ५ मेगावाटको माईखोला साना जलविद्युत् आयोजना र ८ मेगावाटको माई साना क्यास्केड जलविद्युत् आयोजना निर्माण गरि व्यापारिक उत्पादन गरिरहेको छ ।

माईखोला साना जलविद्युत अयोजनाबाट वार्षिक २ करोड ७५ लाख ३० हजार १५९ किलोवाट घण्टा विद्युत् उत्पादन तथा विक्री गरिने र माई साना क्यास्केड जलविद्युत् आयोजनाबाट वार्षिक ४ करोड ८३ लाख ५१ हजार २५५ किलोवाट घण्टा विद्युत् उत्पादन तथा विक्री गर्ने गरि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भएको छ ।

 

वि.सं.२०७६ फागुन १२ सोमवार १५:४२ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...