back
NMB ad

शेयर बजारमा अहिलेसम्मकै उच्च कारोबार : ५१ अंकले बढ्यो नेप्से

Kumari bank ad

काठमाण्डौ । शेयर बजारमा आज अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार भएको छ । आज कारोबार बन्द हुँदासम्म ४ अर्ब १५ करोड, ४८ लाख, ८३ हजार ९२ रुपैयाँको कारोबार भएको हो ।

यसअघि गएको आइतबार ३ अर्ब ६० करोड, ८५ लाख, २६ हजार ३ सय ५४ रुपैयाँको कारोबार हुँदा सबैभन्दा धेरै रकमको कारोबारको कीर्तिमान बनेको थियो ।

त्यसअघि फागुन ८ गते बिहीबार एकैदिन २ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएको थियो जुन त्यस बेलासम्मको उच्च कारोबार थियो । आज दिनभर ९९ लाख ६ हजार ९ सय ८९ कित्ता शेयर किनबेच भएका छन् । नेप्से परिसूचक पनि आज अस्वभाविक बढेको छ ।

परिसूचक झण्डै ५१ अंकले बढेर १५ सय ९६ दशमलव १३ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । नेप्से परिसूचक आज ३ दशमलव ३ प्रतिशतले बढ्दा ‘क’ वर्गका कम्पनी कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ९१ प्रतिशतले बढेको छ ।

वि.सं.२०७६ फागुन १४ बुधवार १५:१२ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...