back
NMB ad

निरूता श्रेष्ठलाई ‘स्पिन्ज एक्टिभ गर्ल २०२०’ को उपाधि

Kumari bank ad

काठमाडौं । यस वर्षको स्पिन्ज एक्टिभ गर्ल २०२० को उपाधि टेक्सास इन्टरनेशन कलेजकी निरूता श्रेष्ठले हात पारेकी छिन । करिव दश हजार भन्दा बढि प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन ।

हिमालयन ह्वाइट हाउस कलेजकी प्रियंका मण्डलले प्रतियोगितामा द्धितिय स्थान हासिल गरेकी छिन्। भने, शुभ श्री कलेजकी कोमल ढकालले तृतीय स्थान हासिल गर्न सफल भएकी छिन । उपाधि बिजेताहरूलाई पूर्व मिस नेपाल वल्र्ड सदीक्षा श्रेष्ठद्वारा पुरस्कार प्रदान गरिएको थियो ।

काठमाडौँका १६ वटा प्रतिष्ठित कलेजहरूका विद्यार्थीहरूको सहभागी रहेको यस प्रतियोगिताले आजका नारीको साहसप्रतिको स्वतन्त्र भावना र प्रेमको उत्सव मनाउँन सहयोगको लागि स्पिन्जले ठूलो भूमिका निर्वाह गरेको छ। गत वर्षको संस्करणलाई अत्यन्त उत्साहका साथ समापन गरिएको यो प्रतियोगितालाई यो वर्ष पनि प्रतिस्पर्धी विद्यार्थीहरूले उत्साहजनक भाग लिएका थिए ।

स्पिन्ज नेपालमा नारी सौन्दर्य प्रसाधन सम्बद्ध उत्पादनहरूको बजारमा अग्रणी ब्रान्डको रुपमा स्थापित छ। सौन्दर्य एवं सौन्दर्य प्रसाधनका उत्पादनहरू जस्तै डियोेडो ¥यान्ट्स, परफ्युम, बिबि क्रिम, बिबि टाल्क र विविध टाल्क पाउडरको संग्रह मार्फत् स्पिन्ज सबैलाई सर्वोपरि छनौटहरू उपलब्ध हुने र नारी सौन्दर्य एवं सुगन्ध समूहका उत्पादनहरूको दायरामा सबैभन्दा छिटो बिक्री हुने उत्पादन बन्न सफल भएको छ ।

प्रतिस्पर्धीहरूलाई उनीहरूको जीवनप्रतिको दृष्टिकोण र उनीहरूको सक्रिय परिणामका आधारमा मुल्याँकन गरिएको छ। कलेजका विद्यार्थीहरूलाई उनीहरूको सक्रिय जीवनशैलीमा दबाब दिएर व्यक्तिगत उन्नतिको मार्ग पैल्याउन एक सत्रमार्फत् लागिएको थियो ।

साथै उनीहरूलाई आत्मरक्षाको लागि व्यवहारिक एवं अमूल्य सत्रमा समेत लगिएको थियो। यसपछि उनीहरूको सीप तथा कार्य क्षमतालाई पहिलो स्थान दिइएको थियो। रमाइला क्रियाकलापहरू जस्तै साइक्लिङ, स्किपिङ्ग, बास्केटबल, नृत्य जस्ता कार्यहरूमा चुनौती दिइएको थियो।

प्रत्येक कलेजबाट एक एकजना विजेता चयन गरिएको थियो। यसै चुनिएका १६ जना विजेताहरूले अन्तिम चरणको प्रतिस्पर्धामा गरेका थिए। यसका साथै एक डिजिटल प्रचार अभियान पनि चलाइएको थियो। जहाँ युवतीहरूलाई उनीहरूको सक्रिय एवं स्वस्थ जीवनको कथा सुनाउन आमन्त्रण गरिएको थियो। यस अभियानमा पनि साधारण रुपमा सहभागीहरुले उपस्थिति जनाएका थिए।

सामाजिक सञ्जालका च्यानलहरुमार्फत् एक जोडी विजेताहरु चयन गरी वाइल्ड कार्ड प्रविष्ट प्रदान गरेर १६ अन्य प्रतिस्पर्धीहरुसँग प्रतिस्पर्धा गर्ने अवसर दिइएको थियो ।

समारोहलाई सम्बोधन गर्दै केभिनकेयरको नेपालको लागि कन्ट्रि प्रमुख श्री अमित गुप्ताले भने, ‘स्पिन्जले एक ब्रान्डको रुपमा नारीहरुलाई स्वतन्त्र जीवन उत्साहजनक ढँगबाट जिउन अभिप्रेरित गर्दै आएको छ। हामी आज आफ्नो प्रतिभा र उत्कृष्ट सक्रिय भावनामार्फत् नेपाललाई विश्वमाझ चिनाएर नेपालको गौरव अभिवृद्धि गर्न उल्लेख्य भूमिका निर्वाह गर्ने महिला खेलाडीहरुलाई सम्मान गर्न पाएकोमा गौरवान्वीत महसुस गरेका छौं।’

समारोहमा केभिनकेयरको तर्फबाट नेपालका कन्ट्रि मैनेजर श्री अमित गुप्ताका अलावा दयाल ट्रेडिङ्ग कम्पनीका निर्देशक श्री राजिव शाह, इन्टरनेशनल बिजनेसका सिनियर ब्राण्ड मेनेजर श्री शसाँक मुतालिक र डिजिटल मार्के्िटङ्गका असिस्टेन्ट मेनेजर सुश्री जननी अइयरको पनि उपस्थिति रहेको थिया। कार्यक्रमको फाइनल पाटनको ऐतिहासिक स्थल दरबार स्क्वायरमा बहुमूल्य वस्तुको खोजीका साथ समापन गरिएको थियो।

वि.सं.२०७६ फागुन १५ बिहीवार ०५:१७ मा प्रकाशित

You can share this post!

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३०

काठमाडौँ, १६ वैशाख: मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...