back
NMB ad

२ सय अंकले बढ्यो शेयर बजार : कारोबार रकम पनि अहिलेसम्मकै उच्च

Kumari bank ad

काठमाडौं । शेयर बजार परिसूचक नेप्सेको कारोबार रकममा नयाँ कीर्तिमान कायम भएको छ । साताको कारोबार हुने अन्तिम दिन ब्यांकहरूको शेयर मूल्य उचालिएपछि नेप्से परिसूचक ३६ अंकले बढेर १ हजार ६३२ विन्दुमा पुगेको छ ।

प्रधानमन्त्रीले अर्थमन्त्रीमा डा. युवराज खतिवडा नै दोर्हयाउन लिएको अडानपछि बिहीबार शेयर बजार खस्किने अनुमानहरू गरिएका थिए । तर, त्यसलाई गलत बनाउँदै बजार लगातार उकालो यात्रामा चढेको हो ।

बिहीबार कारोबार रकम पनि अहिलेसम्मकै उच्च रु. ४ अर्ब ४६ करोड पुगेको छ । बुधबार रु. ४ अर्ब १५ करोड बराबरको शेयर किनबेच भएको थियो ।

यसअघि, अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्रिय सभा सदस्यबाट बाहिरिने खबरसँगै उनको अर्थमन्त्री पद धरापमा परेको अड्कलबाजीले बजार चम्काएको अनुमान गरिए पनि बिहीबारको बजारको बढेको मनोबलले त्यस्तो देखाएन ।

यो साताको पाँच दिनमा नै नेप्से परिसूचक झण्डै २ सय अंकले बढेको छ । आइतबार करीब ७० अंकले बढेको परिसूचक सोमबार स्थिरजस्तो देखिएको थियो । मंगलबार फेरि बजारमा ४३ अंकले बढोत्तरी आएको थियो । बुधबार बजार ५० अंकले उकालो चढेको थियो ।

वि.सं.२०७६ फागुन १५ बिहीवार १५:२७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...