back
NMB ad

जलविद्युत् आयोजनामा चिनियाँ निर्माण कम्पनी र ठेकेदारको ‘फोर्स मेजर’को सूचना

Kumari bank ad

काठमाडौं । कोरोना भाइरसका कारण चीनबाट कामदार र सामग्रीहरू आउन नसकेपछि नेपालको जलविद्युत् आयोजना निर्माणमा संलग्न चिनियाँ निर्माण कम्पनी र ठेकेदारहरूले आफू संलग्न आयोजनाहरूलाई ‘फोर्स मेजर’को सूचना दिन थालेका छन् ।

महाविपत्ति, प्राकृतिक प्रकोपजस्ता नियन्त्रण बाहिरको परिस्थितिमा तोकिएको समयमा काम हुन नसकेमा ‘फोर्स मेजर’को सूचना दिएर काम रोक्ने गरिन्छ ।

अहिले नेपालमा रहेका अधिकांश चिनियाँ ठेकदार तथा कम्पनीहरूले सम्बन्धित आयोजनाहरूलाई ‘फोर्स मेजर’को सूचना दिइसकेका छन् ।
रसुवागढी जलविद्युत् आयोजनालाई चिनियाँ कम्पनी सीडब्ल्यूईले फोर्स मेजरको पत्र दिइसकेको छ । उक्त कम्पनीले यस आयोजनामा सिभिल र हाइड्रो मेकानिकल काम गर्दै आएको छ ।

यस्तै, इलेक्ट्रोमेकानिकलको काम गर्दै भारतीय कम्पनी भोइथ इन्डियाले पनि फोर्स मेजरको पत्र दिइसकेको आयोजनाका प्रमुख छविराज गैरेले आर्थिक अभियानलाई बताए ।

यसबाट आगामी असारमसान्तसम्म सम्पन्न गर्ने भनिएको रसुवागढी आयोजनाको निर्माण अवधि लम्बिने भएको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले समाचार लेखेका छन् ।

आयोजना स्थलमा गत असारमा पहिरो जाँदा ६ महीनासम्म काम हुन सकेको थिएन । गत पुसदेखि मात्र काम सुचारू भएको थियो । तर, लगत्तै कोरोना भाइरसका कारण चीनबाट कामदार आउन नसकेपछि आयोजनाको निर्माण अवधि लम्बिने भएको हो ।

वि.सं.२०७६ फागुन २० मंगलवार ०६:४१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...