back
NMB ad

जब मन्त्रीले माक्स लगाएरै तातोपानी कुण्डमा डुबुल्की मारे…

Kumari bank ad

पोखरा । प्राकृतिक औषधालयका रुपमा चर्चित म्याग्दीको बेनी नगरपालिका ४, सिंगा तातोपानीमा सोमबार प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसहितको टोली पुग्यो ।

मन्त्री विकास लम्सालसहित उनका स्वकीय सचिवालयका पदाधिकारीसहितको टोलीले तातोपानी कुण्डाका पदाधिकारीसँग भेटवार्ता गरे ।
भेटवार्ता सकिएपछि मन्त्रीसहितका पदाधिकारी तातोपानी कुण्डमा स्नान गरे, कालो मास्क लगाएर । त्यहाँ ठूला र साना कुण्ड छन् ।

ठुलो कुण्डमा पुगेका मन्त्रीहरुलाई व्यवस्थापन पक्षले नै मास्क उपलब्ध गराएको थियो । पछिल्लो समय विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सुरक्षाको लागि पनि मास्क उपलब्ध गराउने गरिएको व्यवस्थापन पक्षको भनाइ छ ।

तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले सिजनल रुपमा तातोपानीमा स्नान गर्दा मास्क अनिवार्य गरिने बताए । “यो व्यक्तिगत सुरक्षाको लागि हो, यसले आफ्नै सुरक्षा गर्ने हो, ठुलो पोखरीमा चाहिँ अनिवार्य नै गरेका छौँ,” उनले भने ।

कुण्डमा स्नान गर्नेहरुको समूह ठुलो भएका कारण सुरक्षाका लागि मास्क प्रयोग थालिएको उनको भनाइ छ ।“कहिलेकाहीँ एकैपटक २(३ सय जनाले स्नान गर्नुहुन्छ, एकदम प्याक हुन्छ, कसैले मदिरा सेवन गरेर आएका हुन्छन्, जो अरुलाई मन नपर्न सक्छ नि त,” केसीले भने । पछिल्ला समय विश्वका विभिन्न देशमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न पनि मास्क सुरक्षित हुने उनले बताए ।

“कोरोनाका कारण अबचाहिँ मास्क अनिवार्य नै गर्नुपर्छ होला, यसअघि हामीले मानिसको चापका आधारमा प्रयोगमा ल्याएका थियौँ ।” साँझ ५ बजेसम्म स्नान गर्न पाइने भएतापनि मन्त्रीको टोली पुगेपछि आधा घण्टा बढिसम्म कुण्ड खुलै राखिएको थियो । “समय सकिएको थियो, पाँच बजे बन्द हुने गर्दछ, हामीले कुण्डको सफा नगरी रोकेर राखेका थियौँ ।” उनले भने ।

विभिन्न रोग निको हुने विश्वास तातोपानी कुण्डमा डुबेर स्नान गर्दा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्किएको, पेट दुख्ने, नशा तथा शरीरमा देखिएका विभिन्न किसिमका रोगको निको हुने जनविश्वास रहेको छ।

नेपालकै उत्कृष्ट तातोपानी कुण्ड नेपालका विभिन्न जिल्लामा रहेका कुण्डका व्यवस्थापन समितिको भ्रमणको रोजाइमा समेत परेको म्याग्दीको तातोापनी कुण्ड नेपालकै उत्कृष्ट तातोपानी कुण्ड हो ।

विभिन्न जिल्लामा न्यून पूर्वाधार, निकै कम संख्यामा बिरामी पुग्ने गरेको अवस्थामा सिंगा तातोपानी कुण्डमा भने बाह्रै महिना बिरामी आउने गरेका छन् ।

वि.सं.२०७६ फागुन २० मंगलवार १३:२४ मा प्रकाशित

You can share this post!

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५९

वागमती, ६ जेठः बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन...

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि....

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...