back
NMB ad

कोरोना भाइरसको प्रभाव : कर्मचारीको तलब सुविधामा ५० प्रतिशतसम्म कटौती गर्ने निर्णय !

Kumari bank ad

काठमाडौं । नेपालका वायुसेवा कम्पनीले कोरोनाभाइरस (कोभिड–१९)को प्रभावका कारण कर्मचारीको तलब सुविधामा ५० प्रतिशतसम्म कटौती गर्ने निर्णय गरेका छन् ।

वायुसेवा सञ्चालक संघ नेपालको बिहीबारको बैठकले मासिक रु.२० हजारसम्म पारिश्रमिक पाउने कर्मचारीको तलब कटौती नगर्ने निर्णय गरेको हो ।

संघले मासिक रु. २० हजार भन्दा माथि रु.३० हजारसम्म मासिक पारिश्रमिक बुझ्ने कर्मचारीको २० प्रतिशत, रु.१ लाखसम्म पारिश्रमिक पाउने कर्मचारीको ४० प्रतिशत र रु. १ लाख भन्दा बढी पारिश्रमिक पाउने कर्मचारीको तलब तथा सुविधा ५० प्रतिशत कटौति गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको हिमाल खबरमा समाचार छ ।

संघले कर्मचारीका लागि हुने खर्च घटाउन समिट एयरका सञ्चालक समिति सदस्य सुमन पाण्डेको अध्यक्षतामा १० सदस्यीय एक उच्चस्तरीय समिति गठन गरेको छ । समितिले वायुसेवा कम्पनीमा कार्यरत कर्मचारीको तलव तथा सुविधा कटौती गर्न सम्बन्धित वायुसेवा कम्पनीसँगको समन्वय गरेर एक साताभित्र सूचना सार्वजनिक गर्ने जिम्मेवारी पाएको छ ।

साथै कर्मचारीलाई बेतलबी विदा लिन प्रोत्साहन गर्ने, अनिवार्य विदामा बस्न लगाउने तथा प्रतिकुल अवस्थामा कर्मचारीको करार सम्झौता रद्द गराउनेसम्मको निर्णय समितिले गराउन सक्ने छ । वायुसेवाको संख्याअनुसार माग नहुने अवस्थामा सबै वायुसेवा कम्पनीको जहाज अनुपात मिलाएर ग्राउन्डेड गराउनेसम्मको निर्णय संघले गरेको छ ।

वि.सं.२०७६ फागुन २३ शुक्रवार १७:०५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...