back
NMB ad

हेलिकप्टर उडान दैनिक ७० प्रतिशतले कटौती

Kumari bank ad

काठमाडौं । कोरोनाको प्रभावका कारण पर्यटन बजार सुस्ताउँदा उद्धारलगायत पर्यटकीय गतिविधिमा अत्याधिक प्रयोग हुने हेलिकप्टर उडान ७० प्रतिशतले घटेको छ ।आर्थिक रूपमा व्यवसायीहरूले दैनिक १ करोड २५ लाख रुपैयाँले कारोबारमा कमी आइरहेको बताएका छन्।

आन्तरिक उडानमा रहेका निजी हेलिकप्टर, वायुसेवा संचालकहरूको संगठन आवनका प्रवक्ता योगराज कँडेलले गत वर्षको यही सिजन (मार्च) महिनाको दाजोमा यसपटक हेलिकप्टर चार्टर उडान ७० प्रतिशतले घटेका बताए । उनका अनुसार यो दर अझै बढ्ने क्रममा छ ।

‘खास पर्यटकीय सिजन सुरु भइसकेको छैन,’ हेलि एभरेष्ट एयरका सीईओ समेत रहेका कँडेलले भने, ‘अहिले सिजन सुरु नहुँदै हेलिकप्टर जति घन्टा उड्नुपर्ने हो त्यती उड्न पाएका छैनन् ।’

नेपालमा अप्रिल (चैत–वैशाख) मा उच्च हिमाली भेगमा पर्यटक पदयात्रा तथा हिमाल आरोहण जाने मुख्य सिजन हो । यो सिजनमा हेलिकप्टर चार्टर अत्याधिक हुन्छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार, नेपालमा हाल १० वटा निजी हेलिकप्टर कम्पनी उडानमा छन् । यीसँग ३३ वटा हेलिकप्टर छन् । ‘गत वर्ष हामीले यसैबेला एउटा हेलिकप्टर दिनमा ३ घन्टासम्म उडायौं,’ कँडेलले भने, ‘अहिले दिनमा १ घन्टा उडाउन पनि मुस्किल छ, त्यसमा पनि ३० मध्ये दिनमा १० वटा हेलिकप्टरमात्रैले काम पाएका छन् ।’

हेलिकप्टर कम्पनीले प्रतिघन्टा कम्तीमा डेढ लाख रुपैयाँ भाडा लिने गरेका छन् । कँडेलले यो दर अनुसार, अहिले दैनिक हेलिकप्टरले चार्टर उडानबाट १५ लाख रुपैयाँ आम्दानी गरीरहेको बताए जुन गत वर्षको दाजोमा १ करोड २५ लाख रुपैयाँ दैनिक कम हो ।

सिमिकोट मानसरोवर तीर्थयात्राको सिजनमा नेपाली हेलिकप्टर बिहान ६ बजेदेखी बेलुकी ६ बजेसम्म उडानमा सक्रिय रहन्थे । नेपालको नागरिक उड्डयन नियममा एउटा पाइलटले ८ घन्टाभन्दा बढी हेलिकप्टर उडाउन निषेध गरेको आजको कान्तिपुर दैनिकमा खबर प्रकाशित छ ।

वि.सं.२०७६ फागुन २७ मंगलवार ०६:१८ मा प्रकाशित

You can share this post!

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:३७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा...

विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण बढाएकोः प्रधानमन्त्री (पूर्णपाठ)   

विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण बढाएकोः प्रधानमन्त्री (पूर्णपाठ)   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:२९

काठमाडाैँ, १६ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक विकास...

लगानी सम्मेलनमा दुई वटा सम्झौता   

लगानी सम्मेलनमा दुई वटा सम्झौता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:२६

काठमाडौँ, १६ वैशाखः तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आज...

अशक्त र गरिबले काठमाडौँ महानगरपालिकाभित्र निःशुल्क उपचार पाउने   

अशक्त र गरिबले काठमाडौँ महानगरपालिकाभित्र निःशुल्क उपचार पाउने   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:२१

काठमाडौँ, १६ वैशाख: काठमाडौँ महानगरपालिका (कामपा)ले लक्षित वर्गका लागि निःशुल्क...

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा   

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:१३

काठमाडौँ, १६ वैशाखः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले...

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्: प्रधानमन्त्री   

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्: प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:०९

काठमाडौँ, १६ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि...