back
NMB ad

साढे पाँच हजार रुपैयाँले घट्यो सुनको मूल्य !

Kumari bank ad

काठमाडौँ । सुनको मूल्य पाँच दिनमा प्रतितोला ५ हजार ५ सय रुपैयाँ घटेको छ । गत मंगलबार छापावाल सुन प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

शनिबारसम्म घटेर प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण सुनको मूल्य घटेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।

‘कोभिड–१९ ले अन्तर्रा्ष्ट्रिय बजारमा आर्थिक मन्दी सिर्जना भएको छ,’ उनले भने, ‘सेयर मार्केट पनि घट्दो छ । अहिले सबैले डलरमा लगानी गरिरहेका छन् । त्यसैले डलर बढेर गएको छ । सुनको भाउ भने घटेको छ ।’ बजारमा मागभन्दा आपूर्ति बढी भएकाले सुन कारोबार हुन नसकेको उनको भनाइ छ । फागुनमा सुनको मूल्यले कीर्तिमानी पनि राखे । यो समयमा एक दिनमा सुनको मूल्य २ हजार २ सय रुपैयाँ बढेको र ३ हजार रुपैयाँ पनि घटेको शाक्यले बताए ।

‘सुनको मूल्यमा भएको गिरावटले घरेलु सुन कारोबारमा समेत असर पुगेको छ,’ उनले भने, ‘हिजोसम्म विवाहको लगन भएकाले आवश्यक पर्नेले किनिरहेका थिए । यसअघि सुनको मूल्य प्रतितोला ७५ हजार रुपैयाँसम्म झर्ने संकेत देखिएको थियो,’ उनले भने, ‘अहिलेको अवस्था हेर्दा अझ तल आउने विश्लेषण गरिएको छ ।’

घरेलु बजारमा बुधबार छापावाल सुन प्रतितोला ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार प्रतितोला १ हजार १ सय रुपैयाँ घटेर ८१ हजार २ सय रुपैयाँमा कारोबार भयो । शुक्रबार सुनको मूल्य २ हजार ७ सय रुपैयाँ घटेर ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

अन्तराष्ट्रिय बजारमा सुन शुक्रबार प्रतिऔंस १ हजार ५ सय ९० डलरमा कारोबार भएको थियो । शनिबारसम्म ३० डलर प्रतिऔंस घटेर १ हजार ५ सय ३० डलरमा कारोबार भयो ।

चीनबाट सुरु भएको कोभिड–१९ विभिन्न राष्ट्रमा फैलिएपछि आर्थिक गतिविधि घटेकाले सुनको मूल्यमा प्रभाव पारेको विश्लेषण गरिएको छ । भाइरसको संक्रमणले विश्व अर्थतन्त्रमा प्रभाव पारेपछि लगानीकर्ता डलरतर्फ आकर्षित भएका भएको जानकारहरू बताउँछन् ।

अन्तराष्ट्रिय बजारमा लगानीका अन्य क्षेत्र राम्रो हुन नसकिरहेको अवस्थामा डलरमा लगानीकर्ताको आकर्षण बढेको उनीहरूको विश्लेषण छ ।
(कान्तिपुर अनलाइनबाट)

वि.सं.२०७६ चैत २ आइतवार ०६:४७ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...