काठमाडौं । काठमाडौं उपत्यकामा विद्यालय समय सारिने भएको छ । ट्राफिक जामका कारण विद्यालय समय सार्न लागिएको हो ।
विद्यालय अहिले बिहान १० देखि दिउँसो ४ बजेसम्म संचालन हुँदै आएका छन् । त्यो समय सारेर बिहान ९ देखि दिउँसो ३ बजेसम्म बनाउन लागिएको हो ।
शिक्षा मन्त्रालयले विद्यालय समय सार्न प्रस्ताव गरेको छ । मन्त्रालयका सचिव महेश्वर दाहालले निजी विद्यालयका संचालकहरुलाई बोलाएर त्यसबारे छलफल गर्नुभएको छ ।
वि.सं.२०७६ चैत ३ सोमवार ०५:५९ मा प्रकाशित